इजरायलको आक्रमणमा परि हेजबुल्लाहका अर्का सेनापति मारिए

इनेप्लिज २०८१ साउन २२ गते १:३२ मा प्रकाशित

इजरायलको आक्रमणमा परि हेजबुल्लाहका अर्का सेनापति मारिएका छन् ।

इजरायलको रक्षा बलले सोमबार अगस्त ५ का दिन लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका अर्का सेनापति मारिएको पुष्टि गरेको छ । आक्रमणमा हेजबुल्लाहको रडवान बलका सेनापति अली जमाल अल्दिन जवादको मृत्यु भएको छ ।

हेजबुल्लाहले पनि मृत्युको पुष्टि गरेको छ ।

“उनको उन्मूलनले उत्तरी इजरायलको बिरूद्ध दक्षिणी लेबनानबाट आतंककारी गतिविधिलाई बढावा दिन र सञ्चालन गर्न हेजबुल्लाह आतंककारी संगठनको क्षमतालाई उल्लेखनीय रूपमा घटाउँछ,” आइडिएफले एक बिज्ञप्तिमा जनाएको छ ।

इजरायलले बेरुतमा हेजबुल्लाहका एक अधिकारी फुआद शुक्र र इरानमा हमासका एक अधिकारी इस्माइल हानियाको हत्याले मध्यपूर्वलाई थप युद्धमा धकेलेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया