अध्यावधिक गरिएको : डिसी स्थित नेपाली दुताबासमा दुई दिने नेपाल–अमेरिका ऐतिहासिक दुर्लभ तस्बिर (फोटो)प्रदर्शनी हुदै

इनेप्लिज २०८१ साउन २२ गते ०:३७ मा प्रकाशित

अध्यावधिक गरिएको : डिसी स्थित नेपाली दुताबासमा दुई दिने नेपाल–अमेरिका ऐतिहासिक दुर्लभ तस्बिर (फोटो)हरु प्रदर्शनी हुने भएको छ । डिसी दुताबासले जनाए अनुसार आगामी अगस्त १५ र १६(बिहिबार र शुक्रबार) का दिन ऐतिहासिक तस्बिर (फोटो)प्रदर्शनीको आयोजना गरिने छ ।

तर पहिलो दिन अर्थात अगस्त १५ बिहिबारका दिन हुने प्रदर्शनीमा कुटनैतिक तथा संघीय /सरकारी कार्यालयमा कार्यरत अधिकारीहरुलाई आमन्त्रित गरिएको छ । उक्त समारोहमा नेपाल र संयुक्त राज्य अमेरिका बीचको ऐतिहासिक सम्बन्ध झल्काउने तस्बिर प्रदर्शनीको उद्घाटन समारोह साँझ बेलुकी ६ देखि ८ बजेसम्म राजदूत निवासमा हुनेछ ।

तर दोश्रो दिन अगस्त १६,शुक्रबारका दिन प्रदर्शन हेर्न चाहना गर्ने र इच्छुकहरुका लागि दिउसो ३ बजे देखि ६ बजे सम्म खुला हुने जानकारी गराईएको छ । तर त्यहा उपस्थित हुन् चाहना राख्नेले अग्रिम रुपमा आफ्नो नाम दर्ता गराउने पर्नेछ । स्थान सीमित रहेकोले पहिले दर्ता गर्नेलाई पहिलो प्राथमिकता(फस्ट कम फस्ट सर्भिस)को आधारमा प्रदर्शनीमा सहभागिता जनाउन पाउने दुताबासले जनाएको छ ।

काठमाडौंका चर्चित छायाचित्रकार (फोटोग्राफर) किरणमान चित्रकार ,छोरी कलाकार क्रिस्टिना चित्रकार र उनका छोरा स्वराज मान चित्रकार सहितद्वारा सङ्कलित गरिएको यो प्रदर्शनीमा उनका हजुरबुवा र बुवा दरवारका चित्रकार (रोयल पेन्टर) र कोर्ट फोटोग्राफर(अदालतका छायाचित्रकार) दीर्घमान चित्रकारले खिचेका ऐतिहासिक तस्विरहरू प्रदर्शनमा राखिने छ ।

यस प्रदर्शन मार्फत नेपाल र अमेरिका दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको परिचय तथा सम्बन्धको बारेमा अझ जानकारी प्राप्त गर्न सकिने छ । माथि देखाइएका तस्बिरहरुमा छायाचित्रकार (फोटोग्राफर )गणेशमान चित्रकार, जसको नेपाली चित्रकला र फोटोग्राफी(चित्रकारिता को विरासत दुई शताब्दीभन्दा लामो छ।

त्यस्तै नेपालको पहिलो आधिकारिक अमेरिकी भ्रमण नोभेम्बर १६-२२, १९४५ मा भएको थियो। नयाँ दिल्लीका तत्कालीन चार्ज डी अफेयर्स जर्ज आर मेरेलले प्रधानमन्त्री पद्मशमशेर जंगबहादुर राणाले खेलेको भूमिकाको कदर गर्दै लिजन अफ मेरिट प्रदान गरेका थिए।

त्यस्तै अर्को तस्बिर स्वयम्भूको हवाई तस्बिर हो । जुन धेरै साना मन्दिरहरू र मन्दिरहरूले घेरिएको छ। युएसएआईडीले काठमाडौंको भौगोलिक सर्वेक्षण गर्न सन् १९५० को मध्यमा उदग्रबिमान (हेलिकप्टर )उपलब्ध गराएको थियो। गणेशमान चित्रकारले सन् १९५० कैद गरेको तस्बिर हो ।

दोश्रो दिन अर्थात् अगस्त १६ शुक्रबारका दिन प्रदर्शन हेर्न चाहना राख्नेले यहाँ गई आफ्नो नाम दर्ता गराउन समेत दुताबासले सबैमा अनुरोध गरेको छ ।

https://www.eventbrite.com/e/nepal-us-historic-photo-exhibition-tickets-976593987907?aff=oddtdtcreator

प्रतिक्रिया