फ्लोरिडा राज्यमा गोली चल्दा प्रहरी सहायकको मृत्यु, २ जना अन्य प्रहरी घाइते

इनेप्लिज २०८१ साउन १९ गते १५:०५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा एक शेरिफको सहायकको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्य शेरिफ सहायकहरु पनि घाइते भएका छन्।

सिविएसन्यूजका अनुसार प्रहरीहरु एक घरमा भित्र पस्ने क्रममा एक घर भित्र गोली हानेर आक्रमण गरिएको हो।

लेक काउन्टी शेरिफ पिटन ग्रिनेलले घटनास्थलमा पत्रकार सम्मेलनको क्रममा गत शुक्रबार राति फ्लोरिडाको युस्टिसको एउटा घरमा तीन जना सहायकहरुलाई  गोली हानीएको बताए।

दुई संदिग्धको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

अधिकारीहरूले साँझ ८ बजे उनिहरुलाई त्यहा बोलाईको बताए ।

जब प्रहरी सहायकहपु घरमा प्रवेश गरे, त्यहाँ धेरै गोली चलेको ग्रिनेलले भने ।

यो घटना ओर्लाण्डो भन्दा ३७ माईल उत्तरपश्चिमको युस्टिसको एक घरमा भएको हो ।

प्रहरीका विशेष टोली स्वाट घर भित्र प्रवेश गर्दा दुई संदिग्ध मृत फेला परेका थिए र तेस्रोलाई अस्पतालमा लगिएको ग्रिनेलले बताए ।

प्रतिक्रिया