पेरिस ओलम्पिकमा ५३ वटा मानवरहित यान (ड्रोन)लाई रोकिनुको साथै ५ हजार मानिसहरूलाई खेलहरूबाट प्रतिबन्धित गरिएको सिबिएसन्यूजले जनाएको छ ।
फ्रान्सेली कानून प्रवर्तन सँस्था (एजेन्सी)हरूले ५० भन्दा बढी मानव रहित यान (ड्रोन)हरू रोकेका छन् । २०२४ पेरिस ओलम्पिक सुरु भएदेखि ४० भन्दा बढी वातावरणीय कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फ्रान्सेली अधिकारीहरूका अनुसार यो ग्रीष्मकालीन खेलहरूमा सुरक्षा खतराहरू गम्भीर रहेको जनाएको छ ।
फ्रान्सले देशभरिबाट प्रहरी र सैन्य बलहरू परिचालन गरेको छ । नगर र यसका छरिएका ओलम्पिक स्थलहरूलाई सुरक्षित गर्न मद्दत गर्न विदेशबाट सयौं अधिकारीहरुलाइ खटाईएको छ ।
सबैभन्दा ठूलो सुरक्षा तैनाथ जुलाई २६ मा उद्घाटन समारोहको लागि प्रवन्ध गरिएको थियो । जहाँ ४५ हजार स्थानीय र राष्ट्रिय प्रहरी १८ हजार सैन्य कर्मचारीहरूको समर्थनमा पेरिस र वरपरको क्षेत्रमा एकत्रित गरिएको थियो ।
ओलम्पिक स्थलहरू नजिकै रोकिएका ५३ वटा मानवरहितहरू सबै दुर्भावनापूर्ण उद्देश्यका साथ नउडाइएको आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले एक अन्तर्वार्तामा बताए ।
उद्घाटन समारोहको भोलिपल्ट शनिबार प्रहरीले मध्य पेरिसमा तोडफोडको योजना बनाएको आशंकामा ४४ जनालाई पक्राउ गरेको थियो।
प्रतिक्रिया