इरानको तेहरानमा हमासका राजनीतिक नेता मारिएको इरानले जनाएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले एक विज्ञप्तिमा हमासका राजनीतिक नेता इस्माइल हानियाहको तेहरानमा उनका अंगरक्षकसहित हत्या भएको जनाएको छ।
एबिसीन्यूजका अनुसार आक्रमणको अहिले सम्म कसैले जिम्मेवारी लिएको छैन।
हमासका अनुसार नयाँ इरानी राष्ट्रपतिको उद्घाटन समारोहमा भाग लिएपछि तेहरानस्थित आफ्नै घरमा हानियाको हत्या भएको हो।
इजरायल रक्षा बल (डिफेन्स फोर्स)ले लेबनानको बेरुतमा एक वरिष्ठ हिजबुल्लाह सेनापतिरलाई निशाना बनाएर मारेको बताएको छ। इजरायली नियन्त्रित गोलान हाइट्समा रहेको माजदल शाम्समा भकुण्डो (फुटबल) खेलिरहेका बालबालिकालाई मार्ने शनिबारको आक्रमणमा सेनापति जिम्मेवार रहेको आइडीएफले जनाएको छ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमा हेजबुल्लाहले रेड लाइन अर्थात् रातो रेखा पार गरेको बताएका छन्। लेबनानी रेडक्रसले एक आवासीय भवनमा भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ ।
हमासका नेताको मृत्यु भए पछि हमासको राजनीतिक कार्यालयका सदस्य मुसा अबु मार्जोकले एक विज्ञप्तिमा हमासको राजनीतिक बिभागका प्रमुख इस्माइल हानियाको हत्या एक कायरतापूर्ण कार्य हो भनेका छन् ।
इस्लामिक जिहादले पनि विज्ञप्ति जारी गर्दै हानियाकोमृत्युले उनीहरूलाई रोक्न नसक्ने बताएको छ। प्यालेस्टाइन राज्यका अध्यक्ष महमूद अब्बासले हानियाको हत्याको कडा निन्दा गर्दै आक्रमणलाई कायरतापूर्ण कार्य भनेका छन्।
इरानमा हमासका राजनीतिक नेता इस्माइल हनियाको मृत्युले “इस्लामिक गणतन्त्र इरान र प्यालेस्टाइन र प्रतिरोध बीचको गहिरो र अटूट सम्बन्धलाई सुदृढ बनाउने “इरानी राज्यका प्रवक्ताले भने ।
“शहीद हानियाको शुद्ध रगत कहिल्यै खेर जानेछैन,” विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले बताए । इरानी अधिकारीहरूले हत्याको अनुसन्धान गरिरहेका थिए, उनले भने।
प्रतिक्रिया