पश्चिम अफ्रिकी देश बेनिन राष्ट्रिय निकुञ्जमा भएको आक्रमणमा ७ जना सुरक्षा बल र ५ जना वनपालेको मृत्यु भएको छ ।
बेनिनको राष्ट्रिय निकुञ्ज डब्लुमा सशस्त्र समूहले गरेको आक्रमणमा बेनिनी सुरक्षा बलका सात सदस्य र संरक्षण गैर-मुनाफामूलक संस्थासँग काम गर्ने पाँच वनपाले(रेन्जर)को मृत्यु भएको संरक्षण समूहले जनाएको छ ।
बुर्किना फासो र नाइजरको सिमाना जोडिएको १०,००० वर्ग किलोमिटर (३,८००-वर्ग माइल) निकुञ्जको मेक्रोउ नदीबाट नजिक यस हप्ताको सुरुमा बुधबार आक्रमण भएको अफ्रिकी पार्क समूहले शनिबार एक विज्ञप्तिमा बताएको छ ।
बेनिनका अधिकारीहरूले अहिलेसम्म आक्रमणको बारेमा नबोलेको एबिसीन्यूजले जनाएको छ ।
सहारा मरुभूमिको दक्षिणमा रहेको द्वन्द्वग्रस्त सहेल क्षेत्रका जिहादीहरू बेनिन जस्ता तटीय राज्यहरूलाई लक्षित गर्दै पश्चिम अफ्रिकामा फैलिएका हिंसामा यो पछिल्लो घटना हो।
पार्क डब्लु नामक निकुञ्जमा कुन जिहादी समूहले आक्रमण गरेको हो भन्ने स्पष्ट नभएको समाचारमा उल्लेख गरिएको छ । समस्याग्रस्त छिमेकी बुर्किना फासो र नाइजरका लडाकुहरू हालसालै यता सरेका छन् ।
एबिसीन्यूजका अनुसार अल-कायदासँग जोडिएको जेएनआईएम समूह साहेल र हालै बेनिन र टोगो जस्ता तटीय पश्चिम अफ्रिकी राज्यहरूमा सबैभन्दा सक्रिय रहेको छ।
हाल लडाकुहरूले समुदाय र सुरक्षा बलहरूमा आक्रमण गर्न थालेका छन्।
प्रतिक्रिया