ह्यारिसद्वारा आफ्नो पहिलो चुनावी प्रचारमा विस्कन्सिनमा ,बिहिबार प्रचार प्रसारमा टेक्सस जाने

इनेप्लिज २०८१ साउन ८ गते २३:४६ मा प्रकाशित

उपराष्ट्रपति कमला ह्यारिसले विस्कन्सिनमा आफ्नो पहिलो अभियान र्‍याली(भेला)लाई सम्बोधन गरेकी छिन् । उनले सम्भावित डेमोक्र्याटिक उम्मेदवारको रूपमा देशको लागि आफ्नो दृष्टिकोण राखिन । उनि बिहिबार टेक्सस जाने भएकी छिन् । उनको सम्बोधनमा भिडबाट उत्तेजित प्रतिक्रिया आएको सिएनएनले जनाएको छ ।

विस्कन्सिन, यो अभियान हाम्रो राष्ट्रको लागि दुई फरक दृष्टिकोणहरू पनि हो: एउटा जहाँ हामी भविष्यमा केन्द्रित छौं,अर्को विगतमा केन्द्रित छौ ,उनले भनिन । हामी भविष्यमा विश्वास गर्छौं र अगाडि बढ्नको लागि जहाँ प्रत्येक व्यक्तिसँग अवसर छ।

उनले विजयको मार्गमा विस्कनसिन किन महत्वपूर्ण छ भन्ने बिषयमा प्रकाश पारिन्। “तपाई सबैले हामीलाई २०२० मा जित्न मद्दत गर्नुभयो। र ,२०२४ मा, हामी फेरि जित्नेछौं,” ह्यारिसले भेलालाई आग्रह गरिन।

ह्यारिसले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको गर्भपतन प्रतिबन्धलाई रोक्न र प्रजनन स्वतन्त्रता पुनर्स्थापित गर्न मद्दत गर्ने वाचा गरिन । “र हामी जो प्रजनन स्वतन्त्रतामा विश्वास गर्छौं डोनाल्ड ट्रम्पको चरम गर्भपतन प्रतिबन्धलाई रोक्नेछौं ” ह्यारिसले हर्षोल्लास गर्ने भीडलाई भनिन । “र जब कंग्रेसले संयुक्त राज्यको राष्ट्रपतिको रूपमा प्रजनन स्वतन्त्रता पुनर्स्थापित गर्न कानून पारित गर्छ, म यसलाई कानूनमा हस्ताक्षर गर्नेछु,” उनले विस्कन्सिनमा आफ्नो पहिलो राष्ट्रपति अभियान आमसभा (र्‍याली)मा भनिन्।

सम्बोधन कै क्रममा उनले मध्यम वर्गको निर्माण गर्नु मेरो राष्ट्रपतिको निर्णायक लक्ष्य हुनेछ ।” उनले ट्रम्प र “उहाँको चरम परियोजना २०२५ को कार्यसूची ” लाई आलोचना गरिन्।

ह्यारिसले उनको अभियानले पछिल्लो २४ घण्टामा सर्वसाधारण स्तरबाट करौडौ जुटाएको बताइन। हामीले जनशक्ति अभियान चलाइरहेका छौं,उनले भनिन् । विस्कन्सिन मतदाताहरूले ट्रम्प बिरुद्ध नारा समेत लगाएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया