उपराष्ट्रपति कमला ह्यारिसद्वारा बाइडेनलाई दिइन धन्यवाद , जारी गरिन सॅक्षिप्त विज्ञप्ती 

इनेप्लिज २०८१ साउन ६ गते २१:२७ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपति जो बाइडेन पुन: निर्वातनमा उम्मेद्वार नवन्ने घोषणा गरे पछि बाइडेनको प्रशॅसा गर्नुको साथै धन्यवाद  दिएकी छिन्।

हामीसँग निर्वाचनको दिनसम्म अव १०७ दिन छ। सँगै हामी लड्नेछौं। र ,सँगै हामी जित्नेछौं, उनको बिज्ञप्तिमा भनिएको छ ।

बाइडेनले पुन: चुनावमा उठने निर्णय फिर्ता लिए पछि र उनले घोषणा गरेको करिब साढे दुई घण्टा पछि र बाइडेनले ह्यारिसलाई समर्थन गरेको दुई घण्टा पछि ह्यारिसको विज्ञप्ति आएको हो ।

“म राष्ट्रपतिको अनुमोदन पाउँदा सम्मानित छु र मेरो मनसाय यो मनोनयन प्राप्त गर्ने र जित्ने हो,”  विज्ञप्तिमा उल्लेख गरिएको छ । विगत एक वर्षमा मैले यस महत्त्वपूर्ण चुनावमा अमेरिकीहरूसँग कुरा गर्दै देशभर यात्रा गरेको छु। र , यो अझै मैले आगामी दिन र हप्ताहरूमा जारी राख्नेछु। 

डोनाल्ड ट्रम्प र उनको चरम परियोजना २०२५ को कार्यसूची( एजेन्डा)लाई हराउन डेमोक्र्याटिक दललाई एकताबद्ध गर्न र हाम्रो राष्ट्रलाई एकताबद्ध गर्न म मेरो क्षमतामा सबै गर्ने छु, विज्ञप्तिमा भनिएको छ ।

उनले बाइडेनको प्रशॅसा गर्दै उनको उपराष्ट्रपतिको रूपमा सेवा गर्न पाउनु अत्यन्तै सम्मानको कुरा हो, र म राष्ट्रपति , प्रथम महिला जील बाइडेन  र सम्पूर्ण बाइडेन परिवारप्रति आभार व्यक्त गरेकी छिन्।

मैले राष्ट्रपतिको रूपमा बाइडेनको नेतृत्वलाई उनको इमानदारी र निष्ठालाई हरेक दिन देखेको छु। 

हाम्रो देश र अमेरिकी जनता प्रति उनको माया र विश्वास देखेको ह्यारिसले विज्ञप्तीमा उल्लेख गरेकी छिन्। 

साथै अमेरिकी जनता र हाम्रो देशलाई सबै भन्दा माथि राख्दै उनको समर्पण र त्याग देखेको जनाएकी छिन्।

प्रतिक्रिया