डिसी क्षेत्रमा सम्पन्न सातौ एनएसि भकुण्डो प्रतियोगितामा एवरेस्ट एफसी टेक्सस बिजयी ,भर्जिनिया गेम चेन्जर एफसी उप बिजेता

इनेप्लिज २०८१ असार २५ गते १:४९ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रको भर्जिनियामा आयोजित नेपलिज अमेरिकन कनभेन्सन अर्थात् एनएसिको ७ औ भकुण्डो(सकार) प्रतियोगिताको बिजेता एवरेस्ट एफसी टेक्सस भएको छ । उप बिजेता भर्जिनियाकै गेम चेन्जर एफसी भकुण्डो टोली बनेको छ ।

बिजेतालाई १७,७७७ डलर र उपबिजेतालाई ७,७७७ डलर पुरस्कारको व्यवस्था गरिएको थियो । एनएसि भकुण्डो प्रतियोगितामा प्रदान गरिने पुरस्कार राशी सम्भवत नेपाली समुदायमा सबै भन्दा ठूलो धन राशीको भकुण्डो प्रतियोगिता हो । प्रतियोगिताको आयोजना गत जुलाई ५-७ सम्म अर्थात् शुक्रबार देखि आइतबार सम्म संचालन गरिएको थियो ।

डिसी क्षेत्रमा यो लात्ते भकुण्डो(सकर)प्रतियोगिता सयुक्त रुपमा युएनएफसि तथा इएलएफएले गरेको थियो । यो खेल प्रतियोगिताको लागि अमेरिकाका बिभिन्न राज्यहरुका ११ जना खेल टोलीहरुको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा डिसीएनएफसी ,शांग्रिला -एलए युथएफसि, अर्बिङ्ग युनाईटेड एफसी ,एवरेस्ट एफसी, गेम चेन्जर एफसि ,शेर्पा किदुंग ,नोभा रोयल्स एफसि,युएनएससि, बिएसी ,युथ स्टार एफसि तथा टिआइएमएआई स्क्वाड भकुण्डो खेल टोलिहरु रहेका थिए।

खेल प्रतियोगिता भर्जिनियाको ओक्टन शहरको एक रंगशालामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बिजेता तथा उपबिजेता टोलीका खेलाडीहरुलाई प्रायोजक, आयोजकहरुले पदक ,नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया