इजरायलले गाजामा गरेको बमबारीमा पाँच पत्रकारको मृत्यु भएको एलजजिराले जनाएको छ ।
पत्रकार दम्पती अमजद जहजुह र वाफा अबु दबान र उनीहरूका छोराछोरीहरू नुसेरत शिविरमा भएको आक्रमणमा मारिएका छन् ।
गाजामा पछिल्लो २४ घण्टामा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा पाँच पत्रकार मारिएका छन् । यस्तै घेराबन्दीमा परेका क्षेत्रमा बमबारी र हवाई हमलाहरू तीव्र बन्दै गएका छन्।
शनिबार गाजाको सरकारी संचारमाध्यम कार्यालयका अनुसार इजरायली आक्रमणले क्षेत्रको केन्द्रमा रहेको नुसेरत शरणार्थी शिविरमा तीन पत्रकार र गाजा शहरमा दुई जना पत्रकारको मृत्यु भएको छ। अक्टोबर ७ देखि युद्ध सुरु भएदेखि मारिएका संचारकर्मीहरूको संख्या कम्तिमा १५८ पुगेको छ। ।
नुसेरतमा मारिनेहरूमा प्यालेस्टाइन संचार सँस्थाका अमजद जहजुह ,रिज्क अबु अशकियान र गाजाको इस्लामिक विश्वविद्यालय रेडियोका वाफा अबु दाबान रहेका छन् ।
अबु दाबानको विवाह जहजुहसँग भएको थियो। भूमिमा रहेको अल जजीराको टोलीका अनुसार उनीहरूका बच्चाहरू पनि आक्रमणको क्रममा मारिएका छन् । नुसेरतमा भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
प्यालेस्टाइनी पत्रकार सादी मदुख र अहमद सुकर गत शुक्रबार गाजा शहरको छिमेकमा रहेको मदुख परिवारको घरलाई लक्षित गरी इजरायली आक्रमणपछि मारिएका थिए।
पछिल्लो घातक हमलाहरू अघि इजरायलको गाजामा युद्धलाई पहिले नै पत्रकार र संचारकर्मीहरूका लागि संसारको सबैभन्दा घातक द्वन्द्व मानिएको थियो।
गाजामा मारिएका प्यालेस्टिनी पत्रकारहरूको छुट्टै तथ्यनक रहेको न्यूयोर्कमा रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्टले युद्ध सुरु भएदेखि जुलाई ५ सम्ममा मारिएका सञ्चारकर्मीको संख्या १०८ रहेको र यो समूह सुरु भए देखि कै सबैभन्दा घातक अवधि पनि बनाएको छ।
प्रतिक्रिया