चीनको शानडोङ प्रान्तमा आएको घुम्रपात (टोर्नाडो) का कारण एक जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।
चीनको पूर्वी प्रान्त शानडोङमा शुक्रबार आएको घुम्रपातमा परी एक जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन्।
डोङमिङ काउन्टीमा विभिन्न स्तरका घाइते भएका ७९ जनालाई अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्।
सरकारी संचार माध्यममा प्रसारण भएका श्रब्यदृश्य (भिडियो)हरूका अनुसार घुम्रपातले रूखहरू ढालेको,उखेलेको पसलहरुमा क्षती पुर्याएको एबिसीन्यूजले जनाएको छ । ठूलो परिमाणमा फोहोर हावामा उडाएको छ ।
अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गरि रहेका छन् । चीनको मौसम प्रशासनले शुक्रबार सान्डोङ र छिमेकी जियाङसु प्रान्तका केही भागमा घुम्रपातको चेतावनी जारी गरेको छ।
चीनको ग्वाङ्डोङ र जियाङ्सु जस्ता दक्षिणी र तटीय प्रान्तहरूमा प्रायः घुम्रपातलाई अभिलेखन (रेकर्ड)गरिने एबिसीन्यूजले उल्लेख गरेको छ ।
प्रतिक्रिया