जनताले सिटामोल पाका छैनन् पाँचतारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन् सीके राउत

इनेप्लिज २०८१ असार १६ गते ११:२९ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन नसक्ने दावी गर्नुभयो। आइतवार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै राउतले यस्तो पाउनुभएको हो। महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्नु लाजमर्दो भएको टिप्पणी गर्नुभयो।

कर्णालीवासी विरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने ठोकुवा गर्नुभएको छ नेपालीका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरू समाजवादी हुन नसक्ने उल्लेख गर्नुभयो ‘महिनाको १५ दिन जति पाँचतारे होटलमा गएर खाना खाने नेताले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि बाँचिरहँदा समाजवादी भन्ने कि नभन्ने। कर्णालीमा नुन पाइरहेका छैनन्, मान्छे विरामी हुँदा सिटामोल पाइरहेका छैनन्,’ उहाँले प्रश्न गर्नुभयो नेताले महँगो अस्पतालमा अझ विदेशमा गएर उपचार गराउने समाजवादी हो कि होइन? आफ्ना छोराछोरीलाई महँगो बोर्डिङ स्कुलमा भर्ना गर्ने नेता समाजवादी हो कि होइन?’ अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरू कसैले पनि पालना गर्न नसकेको आक्रोश व्यक्त गर्नुभयो।

प्रतिक्रिया