अमेरिकी विदेश विभागले अमेरिकी नागरिकहरूलाई लेबनानको यात्रा गर्ने बिषयमा पुन : चेतावनी जारी गरेको छ ।
इजरायल-लेबनान सीमानामा तनाव बढ्दै जाँदा, अमेरिकी विदेश बिभाग(स्टेट डिपार्टमेन्ट)ले अमेरिकी नागरिकहरूलाई लेबनान यात्रासँग सम्बन्धित जोखिमहरूको बारेमा ध्यानाकर्षण गराएको छ ।
उनीहरूलाई “कडा पुनर्विचार” गर्न आग्रह गरिरहेको एबिसीन्यूजले जनाएको छ ।
“लेबनानी सरकारले हिंसा र सशस्त्र द्वन्द्वको अचानक प्रकोपबाट अमेरिकी नागरिकहरूको सुरक्षाको प्रत्याभूति दिन सक्दैन,” चेतावनीमा भनिएको छ।
अमेरिकी विदेश बिभागले लेबनानका धेरै जसो लेबनानलाई स्तर ३ मा राखेको छ । यात्रामा पुनर्विचार गर्न आह्वान गर्दै देशको दक्षिणी भाग, लेबनान-सिरिया सीमा क्षेत्र, र शरणार्थी बस्तीहरू स्तर ४ मा रहेकोले जनाएको छ ।
अधिकारीहरूका अनुसार लेबनानको स्थिति निरन्तर समीक्षामा रहेको छ।
प्रतिक्रिया