इजरायली सेनाद्वारा दक्षिणी गाजामा ‘हमास हतियार तस्कर’ मारेको दाबी

इनेप्लिज २०८१ असार १२ गते ११:३६ मा प्रकाशित

इजरायली सेनाले दक्षिणी गाजामा ‘हमास हतियार तस्कर’ मारेको दाबी गरेको छ ।

इजरायलको सेनाले गाजामा रातारात दर्जनौं लक्ष्यहरू प्रहार गरेको जनाएको छ ।

दक्षिणी गाजामा भएको एक हमलामा हमासका एक सदस्य मारिएको इजरायली रक्षा बलले बताएको छ । त्यस्तै अर्को आक्रमण सुसज्जित रफाहमा क्षेप्यास्त्र प्रक्षेपण स्थलमा आक्रमण गरेको जनाएको छ ।

गाजामा इजरायली सेनाको पछिल्लो हमलाले बीट लाहियाको एउटा घरमा महिला र बालबालिका सहित धेरै नागरिकहरूलाई मारेको अलजजिराले समाचारमा उल्लेख गरको छ ।

प्रतिक्रिया