अमेरिकी पत्रकार इभान गेर्शकोविच गोप्य जासुसी मुद्दामा रुसी अदालतमा पुगेका छन् । यता ,अमेरिकी अधिकारीहरूले क्रेमलिनलाई “राजनीतिक उद्देश्य” को लागी मुद्दा प्रयोग गरेको आरोप लगाएका छन् ।
रुसमा जासुसीको आरोपमा अमेरिकी पत्रकार इभान गेर्शकोविचको मुद्दा बुधवार बन्द ढोका पछाडि सुरु भएको छ । अमेरिकी अधिकारीहरूले क्रेमलिनलाई “आफ्नो राजनीतिक उद्देश्यहरू प्राप्त गर्न” मुद्दा प्रयोग गरेको आरोप लगाएका छन् ।
मस्कोबाट सयौं माइल टाढाको शहर येकातेरिनबर्गको स्वेर्डलोभस्क क्षेत्रीय अदालतमा भएको कारवाहीले पहिलो पटक अभियोजकहरूले वाल स्ट्रीट जर्नलका सम्बाददाता (रिपोर्टर )विरुद्ध आफ्नो प्रमाण प्रस्तुत गरेको छन , जसलाई उनीहरूले सीआईएका लागि काम गरेको आरोप लगाएका छन्।
पत्रकार विरुद्धको मुद्दालाई अमेरिकी अधिकारीहरू र प्रेस स्वतन्त्रता पक्षधरहरूले गेर्शकोविचका सम्पादक र प्रकाशकसहित व्यापक रूपमा निन्दा गरेका छन्।
“जब उनको मुद्दा यस हप्ता न्यायाधीश समक्ष आइपुग्छ, यो निर्दोषताको अनुमान र सत्यको खोजीका साथ हामीले बुझे अनुसार यो सुनुवाई हुनेछैन,” जर्नलका प्रमुख सम्पादकले बताए ।
गेर्शकोविच विरुद्धको अभियोगलाई यस महिनाको सुरुमा अभियोजनकर्ताहरूले अनुमोदन गरेका थिए र मुद्दालाई मुद्दाको सुनुवाइका लागि क्षेत्रीय अदालतमा पठाए।
उनि बुधवार अदालतमा उपस्थित भए । गोप्य सुनुवाइ सुरु हुनु अघि पत्रकारहरुलाई अदालतबाट बाहिर निस्कन भनिएको थियो।
प्रतिक्रिया