अमेरिकाको मेराल्याण्ड राज्यमा मंगलबार बिहान ११:३० बजे भन्दा केही अघि १.८ म्याग्निच्युड( परिमाण)को भूकम्प गएको छ ।
मेरिल्याण्डलाई हल्का हल्लाएको मेरील्याण्डवासीहरुले अनूभुत गरेको सिविएसन्यूजले समाचार लेखेको छ।
यो गम्भीर नभए पनि, यस वर्ष मेरिल्याण्डमा अनुभूत भएको यो तेस्रो भूकम्प हो।
अमेरिका भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प स्पेन्सर्भिल, मोंटगोमेरी काउन्टी मेरिल्याण्डमा केन्द्रित थियो।
यो भूकम्प विलमिङ्टन डेलावेयर, कोलम्बिया र मेरिल्याण्डमा पनि अनुभूत गरिएको थियो।
प्रतिक्रिया