बाइडेन प्रशासनद्वारा नेतन्याहूको दावीलाई कडाईका साथ अस्वीकार

इनेप्लिज २०८१ असार ५ गते १०:४६ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सार्वजनिक भनाई प्रति ध्यानाकर्षण गर्दै नेतन्याहूको दावीलाई कडाईका साथ अस्वीकार गरेको छ ।

बाइडेन प्रशासनले गाजामा हमाससँग चलिरहेको युद्धको बीचमा इजरायलको लागि सैन्य समर्थन व्यापक रूपमा रोकेको छ भनी मंगलबार वाशिंगटनमा भ्रम र निराशा पैदा भएको एबिसीन्यूजले जनाएको छ ।

बाइडेन प्रशासनका अधिकारीहरूले आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । “हामीलाई साँच्चै थाहा छैन ,नेतान्याहू के कुरा गर्दै हुनुहुन्छ,” ह्वाइट हाउसकी संचार माध्यम सचिव करिन जीन-पियरेले आफ्नो दैनिक पपत्रकार सम्मेलनमा भनिन ।

नेतन्याहुले सामाजिक संजाल एक्स प्रकाशन गरिएको श्रब्यदृश्य( भिडियो)मा आरोप लगाए पछि व्हाइट हाउसले त्यसलाई अस्विकार गरेको छ ।

अंग्रेजीमा बोल्दै नेतान्याहूले भने ,अमेरिकी कूटनीतिज्ञको हालैको इजरायल भ्रमणको क्रममा विदेश सचिव एन्टोनी ब्लिन्केनलाई भनेका थिए कि “विगत केही महिनाहरूमा बाइडेन प्रशासनले हतियार र गोलाबारुदहरू रोकेको छ भन्ने कुरा अकल्पनीय थियो।”

“इजरायल, अमेरिकाको सबैभन्दा नजिकको सहयोगी, आफ्नो जीवनको लागि लडिरहेको छ, इरान र हाम्रा अन्य साझा शत्रुहरूसँग लडिरहेको छ,” उनले श्रब्यदृश्य (भिडियो )मा बताए ।

यता विदेश सचिव ब्लिन्केनले इजरायलसँगको हाम्रो सुरक्षा सम्बन्ध गाजा भन्दा पनि राम्रो छ । यो याद राख्नु धेरै महत्त्वपूर्ण छ भने । इजरायलले उत्तरमा, हजबुल्लाहबाट, इरानबाट लाल सागरमा हुथीहरूबाट लगायत धेरै धम्की र चुनौतीहरूको सामना गरिरहेको छ,” ब्लिन्केनले भने।

उनले इजरायलसँग “यी धम्कीहरू विरुद्ध प्रभावकारी रूपमा आफ्नो रक्षा गर्न आवश्यक पर्ने कुराहरू” सुनिश्चित गर्ने राष्ट्रपति जो बाइडेनको वाचालाई पनि जोड दिएको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया