अक्टोबर ७ यता इजरायली सेनाका लागि सबैभन्दा घातक एकल घटनामा गाजामा आठ इजरायली सैनिकको मृत्यु

इनेप्लिज २०८१ असार १ गते १८:३५ मा प्रकाशित

अक्टोबर ७ यता इजरायली सेनाका लागि सबैभन्दा घातक एकल घटनामा गाजामा आठ इजरायली सैनिकको मृत्यु भएको छ ।

शनिबार दक्षिणी गाजामा आठ इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बलले बताएको छ । अक्टोबर ७ पछि यसका सेनाहरू संलग्न भएको सबैभन्दा घातक एकल घटनाहरू मध्ये यो एक हो ।

आइडिएफले घटनाको समीक्षा गरि रहेको र विभिन्न सम्भावित कारणहरूको खोजी भइरहेको सिएनएनलाई बताएको छ।

तर यसअघि हमासको सैन्य शाखा अल कसम वाहिनी (ब्रिगेड)ले दक्षिणी शहर रफाहको पश्चिममा रहेको ताल अल-सुल्तानमा सञ्चालन गरिरहेको “शत्रुका गाडीहरू विरुद्ध जटिल आक्रमण” गरेको बताएको थियो।

उग्रवादी समूहले सैन्य बख्तरबन्द सवारी साधनलाई निशाना बनाएको र त्यसपछि आगो लागेको बताएको छ । इजरायलका विदेश मन्त्री इजरायल काट्जले यो “अप्ठ्यारो शनिबार” भनि संज्ञा दिएका छन् ।

हाम्रा उत्कृष्ट छोराहरू मध्ये आठ राफाहमा मारिए,” उनले सामाजिक संजाल एक्समा प्रकाशन गरे । “मूल्य थाहा हुँदाहुँदै, तिनीहरू हमासलाई नष्ट गर्ने र बन्धकहरूलाई मुक्त गर्ने अभियान पूरा गर्न साहसपूर्वक गाजा प्रवेश गरेको उनले टिप्पणी गरे ।

अन्यत्र, मध्य गाजामा इजरायली हमलामा ७ बालबालिका सहित कम्तिमा १४ व्यक्तिको मृत्यु भएको गाजाको नागरिक रक्षा निर्देशनालयले जनाएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा गाजा भूभागमा जम्मा ३० जनाको मृत्यु भएको छ भने ९५ जना घाइते भएका छन् ।

गाजामा द्वन्द्व अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि करिब १,२०० व्यक्तिको मृत्यु भएको थियो । गाजामा इजरायलको आक्रमणमा कम्तिमा ३७,२९६ व्यक्ति मारिएको गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कमा जनाएको छ ।

प्रतिक्रिया