बाइडेन र जेलेन्स्की बीच नयाँ १० वर्षे सुरक्षा सम्झौतामा हस्ताक्षर

इनेप्लिज २०८१ जेठ ३२ गते १०:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई “यस युद्धमा विजयी नभएसम्म” समर्थन गर्ने वाचा गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले बिहीबार युक्रेनका लागि धेरै नयाँ प्रमुख अमेरिकी प्रतिबद्धताहरूको यस हप्ता घोषणा गरेका छन् । जसमा १० वर्षको द्विपक्षीय सुरक्षा सम्झौता, रुसको युद्ध यन्त्रमा अवरोध पुर्‍याउने प्रतिबन्धहरू र जी ७ बाट रुसको सम्पत्ति जफत गरिएको ५० अर्ब डलर युक्रेनलाई ऋण दिने बिषयमा हस्ताक्षर गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग इटालीमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, जी७ को सामूहिक प्रयासले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “हामीलाई प्रतिक्षा गर्न सक्दैनन, उनले हामीलाई विभाजन गर्न सक्दैनन् , र हामी युक्रेनसँग हुनेछौं जबसम्म उनीहरूले युद्ध जित्दैनन्।”

द्विपक्षीय सम्झौतामा बाइडेनले भने हाम्रो लक्ष्य “युक्रेनको विश्वसनीय प्रतिरक्षा र दीर्घकालीन प्रतिरोध क्षमताहरूलाई बलियो बनाउनु हो।”

उनले अमेरिकी सेना युक्रेनमा लड्ने छैन, तर अमेरिकाले उनीहरूलाई हतियार उपलब्ध गराउने आफ्नो अडान दोहोर्‍याए।

जेलेन्स्कीले “युक्रेन र अमेरिका बीचको हाम्रो स्वतन्त्रता पछिको सबैभन्दा बलियो सम्झौता” हस्ताक्षर गरेपछि यसलाई “ऐतिहासिक दिन” को संज्ञा दिए ।

“यो सुरक्षा र मानव जीवनको संरक्षणमा भएको सम्झौता हो। यो सहयोगको सम्झौता हो। यो दिगो शान्तिको प्रत्याभूति (ग्यारेन्टी )गर्ने कदमहरूमा भएको सम्झौता हो। र त्यसैले यसले सबैलाई फाइदा पुर्‍याउँछ। युक्रेन विरुद्ध रूसी युद्ध एक वास्तविक, वास्तविक विश्वव्यापी खतरा हो, “जेलेन्स्कीले भने।

प्रतिक्रिया