जनवरी ६ मा भएको हमलापछि पहिलो पटक ट्रम्प अमेरिकी संसद भवनको भ्रमणमा

इनेप्लिज २०८१ जेठ ३१ गते २२:४४ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार क्यापिटल हिल( संसदभवन) मा प्रतिनिधि सभा सदस्य तथा सिनेट रिपब्लिकनसँग भेटघाट र र्‍याली( जुलुस) मा सहभागी भएका छन ।

जनवरी ६,२०२१ मा उनका समर्थकहरूले संसद भवनमा बिद्रोह र आक्रमण गरेपछि उनको यो पहिलो भ्रमण हो ।

“रिपब्लिकन दलमा ठूलो एकता छ,” ट्रम्पले रिपव्लिकन सिनेटरहरूसँग भेट गरेपछि पत्रकारहरूबाट कुनै प्रश्न नगरी भने।

ट्रम्पले बिहीबार तल्लो सदनका पूर्ण रिपब्लिकन रहेको सम्मेलन पछि रिपब्लिकनका सिनेटरहरुसंग भेटेको सिबिएसन्यूजले जनाएको छ ।

तल्लो सदनका रिपब्लिकन सम्मेलनको अध्यक्षता गर्ने न्यूयोर्ककी सांसद एलिस स्टेफानिकले बैठकलाई “धेरै सफल” राजनीतिक जमघटको संज्ञा दिएकी छिन् ।

हामी उनको उम्मेदवारी पछि १०० % एकजुट छौं र अमेरिकी जनताको तर्फबाट काम गर्न तयार छौं,” स्टेफानिकले पत्रकारहरूलाई भनिन ।

सिनेट अल्पसंख्यक नेता मिच म्याकोनेलले बैठकलाई “वास्तवमै सकारात्मक” भने। “उनी र मैले थोरै कुरा गर्ने मौका पायौं, हामीले केही पटक हात मिलायौं,” म्याकोनेलले पत्रकारहरूलाई भने।

रिपब्लिकन नेताहरूले ट्रम्पले अध्यागमन र अर्थतन्त्रका साथै आफूले सामना गर्ने विभिन्न कानुनी अवस्थाहरूलाई सम्बोधन गरेको बताए।

प्रतिक्रिया