जफत गरिएका रुसी सम्पत्तिहरू युक्रेनलाई जम्मा गर्ने जी७ को निर्णय प्रति रुसले बदला लिने चेतावनी 

इनेप्लिज २०८१ जेठ ३१ गते १६:५७ मा प्रकाशित

जफत गरिएका रुसी सम्पत्तिहरू युक्रेनलाई जम्मा गर्ने जी७ को निर्णय पछि मस्कोले बदला लिने चेतावनी दिएको छ ।

रुसी विदेश मन्त्रालयले जफत गरिएका रुसी सम्पत्ती युक्रेनमा जम्मा गरिने र  रुसी लगानीबाट नाफा प्रयोग गरेर युक्रेनलाई पैसा ऋण दिने निर्णय गरेपछि सात देशहरूको समूहका नेताहरूले “पीडादायी” प्रतिकारात्मक उपायहरूको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर उपलब्ध गराउने सम्झौताले “पश्चिमलाई केही राम्रो गर्न नदिने” बताइन्। 

जाखारोभाले सम्झौतालाई “गैरकानूनी पहल” भनिन । उनले वित्तिय प्रणालीलाई पूर्ण रूपमा असन्तुलित गर्ने र विनाशकारी संकट सिर्जना गर्ने धम्की दिएकी छिन ।

“रूसमा पर्याप्त युरोपेली सम्पत्ति र पैसा छ … र अपरिहार्य प्रतिकारात्मक उपायहरू ब्रसेल्सका लागि अत्यन्त पीडादायी हुनेछ,” उनले भनिन्।

प्रतिक्रिया