२० महिनाभन्दा बढी समयदेखि हिरासतमा रहेका फ्रान्सेली नागरिकलाई इरानी अधिकारीहरूद्वारा रिहा

इनेप्लिज २०८१ जेठ ३१ गते ११:२१ मा प्रकाशित

इरानी अधिकारीहरूले फ्रान्सेली नागरिक लुइस अर्नाउडलाई रिहा गरेका छन् । जसलाई २० महिनाभन्दा बढी समयदेखि हिरासतमा राखिएको थियो ।

फ्रान्सेली नागरिक अर्नाउडलाई राष्ट्रव्यापी प्रदर्शनमा भाग लिएको आरोपमा २० महिना भन्दा बढी कारागारमा राखिएका उनलाई इरानले रिहा गरेपछि फ्रान्स आइपुगेका छन्।

फ्रान्सेली विदेश मामिला मन्त्री स्टेफान सेजोर्नको उपस्थितिमा अर्नाउडलाई पेरिस-ले-बोर्गेट विमानस्थलमा उनको परिवारले स्वागत गरेको थियो।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बुधवार सामाजिक संजाल एक्समा लुइस अर्नाउड मुक्त भएका छन् । म्याक्रोनले ओमान प्रति कृतज्ञ भएका छन् । उनले नतिजा ल्याउन मद्दत गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

अर्नाउडलाई सेप्टेम्बर २०२२ मा अन्य युरोपेलीहरूसँग पक्राउ गरिएको थियो।

३० बर्षिय अर्नाउडलाई आफ्नो मनपर्ने स्कार्फ, वा बर्को नलगाएको आरोपमा गिरफ्तार गरिएपछि मारिएकी युवती महसा अमिनको मृत्युबाट फैलिएको राष्ट्रव्यापी विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको थियो।

प्रतिक्रिया