असिनाले अस्ट्रियन बिमानको अगाडीको भाग तथा चालकदल बस्ने ठाउँको झ्यालमा ठूलो क्षति ,कसैलाई कुनै हानी भएन

इनेप्लिज २०८१ जेठ २८ गते १०:४४ मा प्रकाशित

असिनाले अस्ट्रियन बिमानको अगाडीको भाग (नाक)तथा चालकदल बस्ने ठाउँको झ्यालमा ठूलो क्षति पुर्याएको छ ।

अस्ट्रियन एयरलाइन्स(बिमान सेवा)को एक उडानलाई असिनाले ठूलो क्षति पुर्याएको छ। गत आइतवार विमानको अगाडीको भाग (नाक) उडाएको विमानसेवाले जनाएको छ ।

उडान ओएस४३४ स्पेनको पाल्मा डे मालोर्काबाट भियना अस्ट्रियाका लागि उडिरहेको थियो। त्यस समयमा “थन्डरस्ट्रम सेल” अर्थात् चट्याङ्गसँग ठोक्किएको अस्ट्रियन एयरलाइन्सले एबीसी न्यूजलाई एक विज्ञप्तिमा बताएको छ ।

असिनाले चालकदल बस्ने स्थान (ककपिट) को झ्याल र अगाडीको भाग (नाक)मा क्षति पुर्‍याएको छ।

“मलाई लाग्छ ,हामी अवतरण हुन करिब २० मिनेटमा थियौं तब हामी असिना र चट्याङको बादलमा पुग्यौं, र अशान्ति (टरबुलेन्स )सुरु भयो,” उडानका यात्रु एमेली ओक्लेले एबीसी न्यूजलाई सन्देश (टेक्स्ट म्यासेज )मार्फत भनिन ।

यो एकदम ठूलो थियो र एक मिनेटको लागि सुपर चट्टान थियो, ओक्लेले बताइन ।

विमान गम्भीर मौसमबाट गुज्रिरहेको समयमा बिमानले ककपिट चालक दलका लागि रेडारमा कुनै सङ्केत नदेखिएको एबिसीन्यूजले जनाएको छ । केही मानिसहरू चिच्याए र उडान परिचारकहरू मद्दत गर्न आएका थिए । विमान सुरक्षित रूपमा भियना-स्वेचाट बिमानस्थल अवतरण भयो । कुनै यात्रुलाई हानी नभएको अस्ट्रियन बिमानसेवाले बताएको छ ।

अस्ट्रियन एयरलाइन्सको प्राविधिक टोलीले क्षतिको निरीक्षण गरिरहेको छ।

भियनामा अस्ट्रियन एयरलाइन्सको विमानमा क्षति देखिएको छ (तस्बिर : @emm.ely/Instagram)

प्रतिक्रिया