हमासको सैन्य शाखाले इजरायली आक्रमणमा अमेरिकी सहित ३ जना बन्धक मारिएको दाबी

इनेप्लिज २०८१ जेठ २७ गते २०:०२ मा प्रकाशित

हमासको सैन्य शाखाले इजरायली आक्रमणमा अमेरिकी सहित ३ जना बन्धक मारिएको दाबी गरेको छ ।

हमासको सैन्य शाखाले आइतवार एक विज्ञप्ति जारी गर्दै इजरायली रक्षा बलले मध्य गाजामा शनिबारको उद्धार अभियानमा एक अमेरिकी नागरिक सहित तीन जना बन्धक मारिएको दाबी गरेको छ।

आइडिएफले आइतवार एबीसी न्यूजलाई बताए अनुसार नुसेरात शरणार्थी शिविरमा शनिबारको छापामा चार बन्धकहरूलाई उद्धार गरिएको जनाएको थियो।

आफ्नो वक्तब्यमा हमासको अल-कसाम वाहिनी (ब्रिगेड)ले इजरायली सरकारलाई आक्रमणको परिस्थितिको बारेमा असत्य रहेको आरोप लगाएको छ।

“उनीहरूको बदलामा, तपाईहरुको आफ्नै सेनाले एउटै आक्रमणमा तपाईहरुका आफ्नै तीन जना बन्दीहरूलाई मार्यो; तिनीहरूमध्ये एकसँग अमेरिकी नागरिकता छ,” अल-कसाम वाहिनीको विज्ञप्तिमा भनिएको छ। “समय सकिएको छ, तिम्रो सरकार झुट बोलिरहेको छ।”

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताका अनुसार उनीहरूले छापा मार्ने क्रममा एक अमेरिकी सहित तीन अन्य बन्धकहरू मारिएका दाबीहरूलाई पुष्टि गर्न केही नसकेको बताए ।

“हामीले यी दावीहरूलाई पुष्टि गर्न सकेका छैनौ । हामी पक्कै पनि दावीहरूको मूल्याङ्कन गर्न जारी छौँ,” प्रवक्ताले एबीसी न्यूजलाई भने।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतवार समाचार अध्यावधिक (ताजा )गराउदै इजरायली सेनाले बन्धकहरूलाई उद्धार गर्न नुसेरात शिविरमा प्रवेश गर्दा कम्तिमा २७४ जना व्यक्तिहरुको मृत्यु भएको बताएको छ ।

इजरायलको सेनाले उक्त कारबाहीमा १०० भन्दा बढी सर्वसाधारण नमारिएको दाबी गरेको छ ।

प्रतिक्रिया