रहरले संसद विगठन गरेको होइन पार्टी जोगाउन गरेको हो केपी ओली

बेद प्रसाद घिमिरे २०८१ जेठ २६ गते १७:२० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नै नरहने अवस्था बनेपछि आफूले संसद विघटन गरेको बताउनु भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि विपक्षीलाई सरकार बुझाउन पार्टीकै नेताहरु कुदेको र पाटीलाई जोगाउन संसद विघटन गरेको बताउनु भएको हो ।

”कतिपय मान्छेहरु अझै पनि अरु सवै ठिकै थियो पुस ५ गते संसद विघटन चाहि नगरेको भए हुन्थ्यो भन्छन् । पुस ५ विघटन रहर थियो र ? हामी प्रमुख पार्टी बनेका थियौ । झन्नै दुइ तिहाइको स्थितिमा हामी पुगेका थियौ । बाहिर शक्तिहरुले पार्टी भित्रै बाट हामीलाई केही गर्न दिएनन् । ‘सरकारले गरेका विकास निर्माणका काम केहि नदेख्ने, आफ्नै दलका मान्छेहरु अदालतमा गएर विपक्षीलाई प्रधानमन्त्री बनाएको छ । अनि आफ्नै कुरा ठूला गरेको छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज हामीले एमाले भन्न पाउँदैनथ्यौं । यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो । जसरी दक्षिपन्थी पाउँहरुमा सरकार बुझाइयो एमाले पनि त्यसैगरी बुझाइ सकिएको अवस्था हुन्थ्यो ”, ओलीले संवोधनको क्रममा भन्नु भयो ।

प्रतिक्रिया