डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि कोपेनहेगनमा एक व्यक्तिले आक्रमण गरेको उनको कार्यालयले जनाएको छ ।
फ्रेडरिकसनलाई शुक्रबार कोपेनहेगन स्क्वायर(चोक)मा एक व्यक्तिले आक्रमण गरेको र उक्त व्यक्तिलाई पक्राउ गरिएको छ।
कोपेनहेगन प्रहरीले प्रधानमन्त्री माथि घटना भएको पुष्टि गरे पनि थप विवरण भने दिएको छैन।
एक व्यक्तिलाई पक्राउ गरिएको छ, जसको हामी अहिले अनुसन्धान गरिरहेका छौं। यस समयमा हामीसँग यस मुद्दामा थप कुनै टिप्पणी छैन,प्रहरीले सामाजिक सॅजाल एक्स मार्फत विज्ञप्तिमा उल्लेख गरेको छ ।
घटना पछि फ्रेडरिकसनलाई सुरक्षा अधिकारीहरूले सुरक्षित गर्दै लगेको सिविएसन्यूजले जनाएको छ ।
डेनमार्क र युरोपका अन्य ठाउँका नेताहरूले आइतवार युरोपेली सॅघको संसदीय चुनावको केही दिन अघि भएको आक्रमणको निन्दा गरे।
प्रतिक्रिया