गीतकार, साहित्यकार, कमला न्यौपानेको “यो हाम्रो झण्डा” गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०८१ जेठ २५ गते २१:२४ मा प्रकाशित

तरङ्ग एल्बमबाट गीतकार, साहित्यकार, कमला न्यौपानेको (यो हाम्रो झण्डा) गीतको भिडियो सार्वजनिक भएको छ ।

YouTube Link:
https://youtu.be/eKdUzZOpB8g?si=1mahphfBN5k8quY8

परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार कमला न्यौपाने, निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले राष्ट्रियतालाई आत्मसात गर्दै, नेपालीको उच्च मान, नेपालीको शान सुर्य चन्द्रमा सुशोभित राष्ट्रिय झण्डा प्रतिको मायामा ओतप्रोत (यो हाम्रो झण्डा) बोलको गीतको भिडियो, आफ्नै यूट्यूब च्यानल तरंग वेभ क्रियशनको बाट सार्वजनिक गरेकी छन् ।

मे ५ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टरले एक भव्य समारोह आयोजना गरेर यो गीतलाई सार्वजनिक गरेको थियो। उक्त गीतमा लोकप्रिय संगीतकार येदीन गजमेरको संगीत, संजीव बराइलीको संगीत संयोजन रहेको छ, गीतलाई गुञ्जन रेकर्डीङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा मिक्सिंग मास्टरिङ कृष्ण कुमार महर्जनले गरेका हुन ।

आवाज भने लोकप्रिय सदाबहार गायक रामकृष्ण ढकालको रहेको छ । गीतको भिडियोमा निर्देशन युवराज वाईवा , छायांकन निश्चल पौडेल, सम्पादन बिकाश दाहालको रहेको छ, । भिडियोमा उम्दा कलाकार नरेश भट्टराई, कमल शिंह र कबिता न्यौपानेको रास्ट्र राष्ट्रियता र झण्डा प्रतिको माया समर्पण सहितको मनमोहक अभिनय देख्न पाईन्छ ।

भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । आउनुहोस हेरौं उक्त राष्ट्रिय गीतको पुरा भिडियो र हामी पनि राष्ट्रिय प्रति सम्मान जनाउ। आशा छ यो गीतले हामी नेपालीको मन मस्तिकमा आफ्नो देश सधैँ उजागर हुनेछ।

प्रतिक्रिया