अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई दूरवार्ता (फोन)गरे र उहाँ र एनडीएलाई उनीहरूको विजयको लागि बधाई दिए।
त्यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पन्न आम संसदीय चुनावमा भाजपाको सफलताको लागि नरेन्द्र मोदीलाई हार्दिक बधाई दिए।
बाइडेनसंगको कुराकानी पछि मोदीले सामाजिक संजाल एक्समा भने: “मेरो मित्र राष्ट्रपति जो बाइडेनबाट दूरवार्ता (कल)प्राप्त गर्न पाउँदा खुसी छु। बधाईका उन्ला न्यानो शब्द र भारतीय लोकतन्त्रको लागि उनको प्रशंसाको गहिरो कदर गर्न चाहन्छु । हाम्रो साझेदारी मानवताको हितको लागि विश्वव्यापी हितको लागि बल बनिरहनेछ।”
बाइडेनको अतिरिक्त रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ,इजिप्टका राष्ट्रपति अब्देल फताह एल. लगायतले बधाई दिएका छन् ।
यसैबीच, दिल्ली, कोलम्बो र ढाकाका अधिकारीहरूले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र बंगलादेशका प्रधानमन्त्री हसिनालाई सपथ ग्रहण समारोहमा आमन्त्रित गर्ने नेताहरूमध्येको रहेको पुष्टि गरेका छन्।
बेलायती प्रधान मन्त्रि ऋषि बधाई दिएका छन् । उनले बेलायत र भारतको सबैभन्दा नजिकको मित्रता सदैव फस्टाउँदै जानेछ भनि सामाजिक संजालमा लेखेका छन् ।
भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले एक्समा प्रधानमन्त्री मोदीलाई चुनावमा बिजयी भएकोमा बधाई दिदै दुवै देश, क्षेत्र र विश्वको हित र अपेक्षा अनुरूप सुदृढ र स्थिर चीन-भारत सम्बन्धका लागि भारतीय पक्षसँग संयुक्त प्रयास गर्न तत्पर छौं ,
फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भारतले विश्वको सबैभन्दा ठूलो निर्वाचन सम्पन्न गरेको छ ! बधाई ! नरेन्द्र मोदी, मेरो प्रिय मित्र ! सँगै हामी भारत र फ्रान्सलाई एकताबद्ध गर्ने रणनीतिक साझेदारीलाई सुदृढ गर्न जारी राख्नेछौं,सामाजिक संजाल मार्फत सन्देश प्रकाशित गरेका छन् ।
प्रतिक्रिया