नागरिकता प्रकरणमा पक्राउ परेका कैलाश सिरोहिया अस्पताल भर्ना

इनेप्लिज २०८१ जेठ १२ गते १२:०६ मा प्रकाशित

४ दिनदेखि धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कान्तिपुर संचार समूहका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।

गत मंगलबार साँझ काठमाडौँस्थित नागरिकता प्रकरणमा पक्राउ गरी जनकपुर पुर्‍याइएका सिरोहिया स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबार राती १० बजे अस्पताल भर्ना भएका हुन्।

परिवारका अनुसार सिरोहिया मधुमेय र उच्च रक्तचाप लगायतकका बिरामी भएकोले मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना गरिएको छ । उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई ३ दिनको लागि म्याद थप गरे पछि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो।

प्रतिक्रिया