इजरायली बन्धक केन्द्रद्वारा ५ युवतीलाई हमासले अक्टोबर ७ मा बन्धक बनाएको श्रब्यदृश्य सार्वजनिक

इनेप्लिज २०८१ जेठ १० गते ११:२६ मा प्रकाशित

इजरायली बन्धक केन्द्रले ५ युवतीलाई हमासले अक्टोबर ७ मा बन्धक बनाएको श्रब्यदृश्य(भिडियो )सार्वजनिक गरेको छ । श्रब्यदृश्यमा ५ युवतीलाई हमासले अक्टोबर ७ मा बन्धक बनाएको देखाइएको छ ।

इजरायली बन्धक केन्द्रले गत बुधवार श्रब्यदृश्य जारी गर्दै उनीहरु सबै जीवित र हमासको हिरासतमा रहेको बताएको छ ।

बन्धकहरुमा लिरी अल्बाग, करिना एरिभ, अगाम बर्गर, ड्यानिएला गिल्बोआ र नामा लेवीलाई नहल ओज आधारबाट बन्धक बनाएको बन्धक केन्द्र (होस्टेज सेन्टर)ले जनाएको छ। बन्धकहरूका परिवारहरूले इजरायली सरकार उनीहरूको रिहाइ सुरक्षित गर्न असफल भएकोमा आलोचना गरेका छन् ।

“२२९ दिनदेखि बन्धकहरूलाई घर फर्काउन राष्ट्रको असफलताको एक घृणित प्रमाण हो,” बन्धक केन्द्रले एक विज्ञप्तिमा जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने ,श्रब्यदृश्य (भिडियो)ले हमासलाई उन्मुलन नगरे सम्म युद्ध किन जारी रहनुपर्छ भन्ने यो प्रमाण हो।

“हाम्रा बहुमूल्य महिलाहरूको अपहरणको श्रब्यदृश्य देख्दा म छक्क परेको छु। हामी उनीहरूलाई घर ल्याउन सबै गर्न जारी राख्नेछौं,” नेतान्याहुले एक विज्ञप्तिमा भने।

प्रतिक्रिया