गाजामा ५० हजार बालबालिकालाई कुपोषणको उपचार आवश्यक : राष्ट्रसंघ

इनेप्लिज २०८१ असार २ गते १०:१६ मा प्रकाशित

राष्ट्रसंघले गाजामा ५० हजार बालबालिकालाई कुपोषणको उपचार आवश्यक भएको जनाएको छ ।

गाजामा आसन्न अनिकाल बारे विश्व खाद्य कार्यक्रम, युनिसेफ र विश्व स्वास्थ्य संगठनले बारम्बार चेतावनी दिएपछि गाजाका ५०,००० भन्दा बढी बालबालिकालाई अहिले कुपोषणको लागि उपचार आवश्यक भएको संयुक्त राष्ट्र संघको राहत तथा प्यालेस्टाइन शरणार्थीहरूका लागि काम गर्ने सँस्थाले शनिबार एक विज्ञप्ति जारी गरेको छ ।

मानवीय पहुँचमा निरन्तर प्रतिबन्धका साथ गाजाका मानिसहरूले भोकमरीको भयावह स्तरको सामना गरि रहेका राखेका छन्। ५०,००० भन्दा बढी बालबालिकालाई तीव्र कुपोषणको लागि उपचारको आवश्यकता छ ,बिज्ञप्तिमा भनिएको छ ।

युएनआरडब्लुए टोलीहरूले परिवारहरूलाई सहयोग पुर्‍याउन अथक प्रयास गरि रहेका तर स्थिति विनाशकारी रहेको भन्दै विज्ञप्तिमा मार्फत सामाजिक संजाल एक्समा उल्लेख गरेको छ ।

प्रतिक्रिया