अमेरिकाको ५० वटा राज्यका राजधानी ,७ वटा महादेश सहित बिश्वका ३० वटा भन्दा ज्यादा देशहरुमा पुगी गल्फ खेलेका डिसी महानगर क्षेत्रका बिनोद(बेन) थापाले मेरो गल्फ यात्रा नामक अद्भुत पुस्तक प्रकाशित गरेका छन् । जसलाई उनले माई गल्फ जर्नी नाम दिएका छन् ।
काठमाडौँ बालुवाटार निवासी बिनोद (बेन)थापा करिव साढे तीन दशक अगाडी अमेरिका आएका हुन् । अमेरिकामै आई उच्च शिक्षा हासिल गरेका उनि सूचना प्रविधि(आईटी)का दक्ष व्यक्ति हुन् । र ,उनि अमेरिकाकै प्रतिष्ठित प्रतिष्ठान(कम्पनी)मा उच्च ओहदामा कार्यरत छन् ।
बिश्वका ७ महादेश,अमेरिकाको ५० वटै राज्यका राजधानी तथा बिश्वका ४५ वटा देश भ्रमण मध्ये ३१ वटा देशहरुमा गल्फ खेल्ने उनि सम्भवत बिश्व कै पहिलो गल्फ खेलाडी हुन् ।
सन् १९८९ मा अमेरिका आएका उनि मातृभूमिलाई औधि माया गर्छन । त्यसैले हरेक बर्ष दशैं मनाउन टाउकोले टेकर भए पनि नेपाल पुग्दछन । उनलाई अन्य खेल प्रति त्यतिकै रुचि पनि छ । नेपालमा किशोर अवस्था हुँदा उनको मन पर्ने खेल बक्सिङ्ग(मुक्कबाजी) थियो । खेल ज्यादै मन पराउने हुँदा स्वयम् मुक्केबाज(बक्सर) हुन् पनि भ्याए । प्रतियोगितामा भाग पनि लिए तर त्यसलाई स्थायी बनाएनन । किनभने उनलाई सपनाको देश तथा अवसरको देश अमेरिकाले चुम्बकले ताने झैँ ताने पछि उनि अमेरिका १९८९ मा अवतरण गरेका हुन् ।
उनलाई सपनाको देश तथा अवसरको देश अमेरिकाले चुम्बकले ताने झैँ ताने पछि उनि अमेरिका १९८९ मा अवतरण गरेका हुन् ।
अमेरिका आएको ४ बर्ष पछि उनको गल्फ खेलमा रुचि बढ्यो जुन उनले पुस्तकको प्रारम्भमा मेरो गल्फ यात्रामा उल्लेख गरेका छन् । त्यसपछि बेन थापाले पछाडी कहिले हेरेनन् । उनि अविरल रुपमा गल्फ खेलमा लागेको लागै गरे ।
परिणाम स्वरुप उनि अहिले डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको साउथ राइडिङ्ग शहरमा हुने प्रतियोगितामा धेरै पटक बिजेता भएका छन् । उनि साउथ राइडिङ्ग गल्फ क्लबका सदस्यको साथै यस क्लबका अत्यन्तै क्रियाशील सदस्य पनि हुन् । उनले नै ९ बर्ष अगाडी उक्त क्लबमा आयोजना हुने फ्राईडे नाइट लिग ल्याएर अहिले सम्म निरन्तर संचालन गरि रहेका छन् ।
उनि यसरी अमेरिकाको ५० वटा राज्यका राजधानी ,७ वटा महादेश सहित बिश्वका ३० वटा भन्दा ज्यादा देशहरुमा खेल खेल्ने नेपाली मूलका सम्भवत पहिलो नेपाली अमेरिकी हुन् ।
बिश्वका ७ महादेश,अमेरिकाको ५० वटै राज्यका राजधानी तथा बिश्वका ४५ वटा देश भ्रमण मध्ये ३१ वटा देशहरुमा गल्फ खेल्ने उनि सम्भवत बिश्व कै पहिलो गल्फ खेलाडी हुन् ।
उनि यसरी अमेरिकाको ५० वटा राज्यका राजधानी ,७ वटा महादेश सहित बिश्वका ३० वटा भन्दा ज्यादा देशहरुमा खेल खेल्ने नेपाली मूलका सम्भवत पहिलो नेपाली अमेरिकी हुन् ।
त्यति मात्र हैन उनको अद्वितीय र अद्भुत गल्फ यात्राले उनलाई बिश्व किर्तिमानीमा मात्र सीमित नगराई उनलाई अझ उचाईमा पुर्याउन सक्ने छ ।
पुस्तक अहिले एमाजोनमा बिक्रीको लागि अग्रिम रुपमा खरिद गर्न सकिने छ । उनको माई गल्फ जर्नी (मेरो गल्फ यात्रा)को मूल्य २९ डलर ९९ सेन्ट राखिएको छ ।
उनले पुस्तकको बारेमा यस्तो लेखेका छन् :
सन् १९९३ मा बिनोद (बेन)थापा पहिलो पटक गल्फ क्लब गएका थिए । काठमाडौं, नेपालमा हुर्केका उनी सानै उमेर देखि देशभरि बस(सार्वजनिक यातायात )मा यात्रा गर्थे । बेन सधैं घुम्न र संसारको खोजीमा रमाइलो गर्थे। गल्फ खेल क्षेत्रमा प्रवेश गरे पछि उनले अमेरिका र विश्वभरका प्रत्येक महाद्वीपमा हरेक राजधानीमा गल्फ खेल्ने प्रतिबद्धता जनाए। उक्त प्रतिबद्धता जनाए पछि उनको सपना ३१ बर्ष पछि साकार भएको छ । उनले लिएको अठोट पूरा भएकोमा उनि खुसी छन् ।
उनले यो पुस्तक आफ्ना कथाहरू मात्र नभई उनीहरूका कुराहरू पनि शेयर (साझा)गर्न र यसले आगामी वर्षहरूमा उनको गल्फ यात्रा जारी राख्न कसरी प्रेरित गरेको छ भन्दै यो पुस्तक लेखेको उल्लेख गरेका छन् ।
को हुन् विनोद (बेन) थापा :
विनोद (बेन) थापा एक शौकीन गल्फर (गल्फ खेल खेल्ने )र विश्व यात्री हुन् जसले सिस्टम इन्जिनियरिङ(प्रणाली अभियन्त्रणा)मा २५ वर्षभन्दा बढी समय देखि काम गरेका छन्।
नेपाली मूलका बेन थापा सधैं घुमफिर गर्न रमाइलो मान्दछन । बेनले पहिलो पटक पारिवारिक बिदामा गल्फ खेल्दा माया पाएको पुस्तकमा उल्लेख गरेका छन् । उनले प्रत्येक अमेरिका ५० वटै राज्यको राजधानीमा गल्फ खेलका छन् । उनले भ्रमण गरेका ४५ मध्ये ३१ देशहरूमा र सबै ७ महादेशहरूमा गल्फ खेलेका छन्। बेन आफ्नी श्रीमती र छोराछोरीहरूसँग साउथ राइडिङ्ग मै बसोबास गर्छन ।
साथै गल्फ खेल बाहेक उनि अमेरिकी फुटबल ,बास्केटबल ,बेसबल पनि त्यतिकै मन पराउछ्न । उनले नेपालको यात्रा बारे तथा अन्य बिषयमा लेखेका लेखहरु वाशिंगटन पोष्टमा पनि प्रकाशित भएका छन् । उनि गल्फ र ट्राभल्स (यात्रा)सम्बन्धी ब्लग पनि लेख्छन ।
उनको पुस्तक बारेमा अझ बिस्तृत रुपमा जान्न चाहेमा बलास्ट बुक्स , एमाजोन तथा बार्न्स एण्ड नोबल यस लिङ्क( शृंखला) मा थिच्नु होला :
https://mygolfjourneybook.com/
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया