अष्ट्रियामा भव्य साहित्यिक कार्यक्रम – काव्यपान सम्पन्न भिएना

इनेप्लिज २०८१ जेठ ६ गते २२:३९ मा प्रकाशित

नेपाली कला, साहित्य र भाषाको उत्थानमा एउटा आयाम थप्न अस्ट्रिया राजधानी विश्वकै सुन्दर शहर भिएनामा आज आइतवार एक काव्य्पान कार्यक्रण सम्पन्न भएको छ। यस साहित्यिक कार्यक्रम का विशेष आकर्षण को रुपमा अतिथिहरु अनेशास यूकेका पूर्व अधक्ष्य, वर्तमान सल्लाहकार, वरिष्ठ साहित्यकार एबं कवि डा. रूपक श्रेष्ठ तथा एपेक नेपालका अध्यक्ष, बरिष्ठ साहित्यकार एबं कवि विश्वविमोहन श्रेष्ठ थिए। अष्ट्रियाको लागि नेपाली राजदुत महामहिम भरत कुमार रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा एन आर एन अष्ट्रिया का अध्यक्ष ध्रुब पौडेल साथै अष्ट्रियामा रहेका विभिन्न संघसस्थाका प्रतिनिधिहरु र नेपाली कला, साहित्य र भाषाप्रेमी डा श्याम उपध्याय लगायत अन्य अष्ट्रियावासी नेपालीहरुको उपस्थिति थियो। लामो समयदेखि अष्ट्रियाको अर्को शहर इन्स्ब्रुकमा सफल व्यवसायीको रुप स्थापित तथा एन आर एन अष्ट्रियाका पूर्व आइ सिसि सदस्य तथा संरक्षक दिपेन्द्र हिमालय कार्की संयोजनमा आयोजित यस कार्यक्रममा संयोजक कार्कीले निकै मिठो शैलीमा यस कार्यक्रममा सहजकर्ताको भूमिका निभाएका थिए। कविताबाचन समेत गरिएको यस कार्यक्रममा सम्झना थापा बोहोरा, डायमण्ड राई, प्रभु श्रेष्ठ, निर्मल पौडेल, रमेश खड्का, प्रकाश पौडेल, सुभद्रा थापा लगायतका साहित्यप्रेमीहरुले आफ्नो कविताबाचन गरेका थिए।

नेपाली साहित्यको इतिहास र विकासक्रम प्रष्टाउदै वरिष्ठ साहित्यकार एबं कवि डा. रूपक श्रेष्ठ र वरिष्ठ साहित्यकार एबं कवि विश्वविमोहन श्रेष्ठले अष्ट्रियामा यस किसिमको साहित्यिक कार्यक्रम गर्ने माहौल सिर्जना गरेकोमा आयोजक तथा संयोजक दिपेन्द्र हिमालय कार्कीलाई धन्यवाद दिदै आ- आफ्नो कविताबाचन गरेका थिए। नेपाली कला, साहित्य र भाषाको उत्थानमा नेपाली डायस्पोरा को भूमिका र योगदानको चर्चा गर्दै अष्ट्रियाको लागि नेपाली राजदुत महामहिम भरत कुमार रेग्मीले नेपाली भाषा साहित्य र संस्कृति को संरक्षणमा आफ्नो सहयोग सदैव रहने बताउनु भयो। करिब दुइ घण्टा चलेको यस कार्यक्रम कार्यक्रम निकै चाख लाग्दो भएको र आफु साहित्यकार नभए पनि यस किसिमका कार्यक्रमले अष्ट्रियामा हुर्किरहेको दोश्रो पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृति सिक्न र जान्न उत्साही बनाउने कुरा युवा व्यवसायी दिनेश बैदवारले बताए।

प्रतिक्रिया