नेपाली कांग्रेसकोले विरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित

बेद प्रसाद घिमिरे

इनेप्लिज २०८१ जेठ ३ गते २१:५० मा प्रकाशित

जेठ ३ गते। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो।बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदले उठेर विरोध जनाएका थिए।

कांग्रेसले विरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको हो।सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थालेको महसुस भएको बताउनुभयो।उहाँले राष्ट्रिय सभामा विरोध गर्नेकुराले सबैलाई अप्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरु भएको बताउनुभयो।

अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रूपमा अघि बढाउनका लागि भूमिका खेल्न पनि आग्रह गर्नुभयो।

प्रतिक्रिया