स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको माथी गोली प्रहार, अवस्था गम्भिर

इनेप्लिज २०८१ जेठ २ गते २१:२९ मा प्रकाशित

स्लोभाकियाका लोकप्रिय प्रधानमन्त्री रोबर्ट फिकोलाई बुधबार गोली प्रहार गरिएको छ । उनको ज्यान जोखिममा रहेको सिविएसन्यूजले जनाएको छ ।

राजधानी ब्राटिस्लाभाबाट करिब ९० किलोमिटर उत्तरपूर्वमा रहेको ह्यान्डलोभा शहरमा फिको सरकारी बैठकबाट बाहिरिएपछि गोली हानाहान भएको हो ।

स्लोभाकका विदेशमन्त्री जुराज ब्लानरले सामाजिक सञ्जालमा यसलाई हत्याको प्रयास भनेका छन्। एक संदिग्धलाई घटनास्थलमा हिरासतमा लिईएको छ । फिकोलाई पहिले गाडीबाट र त्यसपछि उदग्रविमान(हेलिकप्टर)बाट क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

संसदका उपसभामुख लुबोस ब्लाहाले संसदको सत्रमा घटनाको पुष्टि गर्दै अर्को सूचना नभएसम्मका लागि व्यवस्थापिकाको बैठक स्थगित गरेको स्लोभाक समाचार सॅस्थाले जनाएको छ।

प्रतिक्रिया