फ्लोरिडामा खेती मजदुर बोकेको यात्रीयान( बस) दुर्घटनामा परी ८ जनाको मृत्यु र ४५ घाइते 

इनेप्लिज २०८१ जेठ १ गते १६:५५ मा प्रकाशित
Screenshot

अमेरिकाको फ्लोरिडा राज्यमा खेती मजदुर बोकेको एक यात्रीयान( बस) दुर्घटनामा परी ८ जनाको मृत्यु र ४५ घाइते भएका छन ।

आपतकालीन अधिकारीहरूले उत्तर-मध्य फ्लोरिडाको राज्य राजमार्गमा खेती मजदुर बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ४५ जना घाइते भएको आपतकालीन अधिकारीहरूले मंगलबार बताएका छन्।

यात्रीयान( बस ) सडकलाई छोडेर पर्खालमा गएर पल्टिएको छ । 

आठ जनाको घटनास्थलमा मृत्यु भएको छ ४५ जना घाइतेलाई अस्पतालमा लगिएको छ ।

जसमा आठ जनाको अवस्था गम्भीर रहेको मेरियन काउन्टी अग्नि नियण्त्रण उद्धार टोलीका जेम्स लुकासले बताए ।

फ्लोरिडा राजमार्ग गस्तीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया