टर्कीमा एक हजारभन्दा बढी हमास सदस्यको उपचार भै रहेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् ।
एर्दोगानले सोमबार हमासको वकालत गर्दै भने हमासलाई “आतंकवादी संगठन” को रूपमा आफूले नदेखेको बताए । तर उनले हमासलाई “प्रतिरोधी संगठन” को रूपमा हेरेको भने । उनले अगाडी भने टर्कीका अस्पतालहरूमा “हमासका १,००० भन्दा बढी सदस्यहरू हाल उपचाररत छन्”।
उनले हमासलाई “आतंकवादी संगठन” भन्नु “क्रूर दृष्टिकोण” हुने बताए।
“म हमासलाई आतंकवादी संगठनको रूपमा देख्दिन। यसको विपरित, हमास एक प्रतिरोधी संगठन हो जसको भूमि १९४७ देखि कब्जा गरिएको छ र कब्जा पछि तिनीहरूले आफ्नो भूमिको रक्षा गरेका छन्। तिनीहरू ती ठाउँहरूको रक्षा गर्न संघर्ष गरिरहेको प्रतिरोध संगठन हो,” एर्दोगानले भने ।
प्रतिक्रिया