युक्रेनले रुसको एक बहुतला भवनमा (अपार्टमेन्ट) आक्रमण गरेको स्थानीय गभर्नरले बताएका छन् ।
एबिसीन्यूजका अनुसार भग्नावशेषबाट कम्तीमा ११ शव निकालिएको छ । रुसको बेल्गोरोड शहरमा रहेको १० तले आवासीय भवनमा राति युक्रेनी क्षेप्यास्त्र प्रहार भएको स्थानीय गभर्नरले जानकारी दिए ।
“बेल्गोरोड शहर र बेल्गोरोड जिल्ला युक्रेनी सशस्त्र बलहरूले ठूलो आक्रमणमा परेको बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले टेलिग्राममा पोस्टमा भने। भवनमा प्रहार गर्ने युक्रेनी टोचका-यू नामक क्षेप्यास्त्र युक्रेनले रातभरि प्रक्षेपण गरेको धेरै मध्ये एक थियो, रुसी रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।
क्षेप्यास्त्रले भवनलाई निशाना बनाएर प्रहार गरेको हो वा खसालेको क्षेप्यास्त्रका टुक्राका कारण क्षति भएको हो भन्ने स्पष्ट नभएको मन्त्रालयले जनाएको छ।
खोज र उद्धार कार्यकर्ताहरूले आवासगृह भवनको भग्नावशेषबाट ११ जनाको शव निकालेको रुसी आपतकालीन अवस्था मन्त्रालयले बताएको छ।
खार्कोभस्काया गोराको भवनको केन्द्रीय भाग तस्बिरहरूमा पूर्ण रूपमा ध्वस्त भएको देखिएको छ ।
प्रतिक्रिया