क्यानाडाली प्रहरीले एक सिख कार्यकर्ताको हत्यामा संलग्न चौथो भारतीय संदिग्धलाई पक्राउ गरेको घोषणा गरेको छ ।
ब्रिटिस कोलम्बियाको एकीकृत हत्या अनुसन्धान टोलीले २२ वर्षीय अमनदीप सिंहलाई हतियारको आरोपमा हिरासतमा लिइएको बताएको छ।
भ्यानकुभर, ब्रिटिश कोलम्बिया क्यानडामा बसोबास गर्ने चौथो भारतीय नागरिकलाई गत बर्ष जुनमा एक सिख पृथकतावादी नेताको हत्यामा अभियोग लगाइए पछि भारतसँग कूटनीतिक विवाद उत्पन्न भएको थियो ।
ब्रिटिश कोलम्बियाको एकीकृत हत्या अनुसन्धान टोलीले शनिबार ढिलो एक विज्ञप्ति जारी गर्दै २२ वर्षीय अमनदीप सिंहलाई ओन्टारियोको पील क्षेत्रीय प्रहरीमा हिरासतमा लिइएको जनाएको छ ।
अमनदीप सिंहलाई प्रथम श्रेणीको हत्या (फर्स्ट डिग्री ) र हत्याको षड्यन्त्रको आरोप लगाउन पर्याप्त जानकारी प्राप्त गरेको प्रहरी विज्ञप्तिमा भनिएको छ।
सिंह एक भारतीय नागरिक हुन् जुन क्यानडाका बिभिन्न स्थानमा बस्दै आएका थिए। यस महिनाको सुरुमा प्रहरीले तीन भारतीय नागरिकहरू करण ब्रार, कमलप्रीत सिंह र करणप्रीत सिंहलाई एडमन्टनमा पक्राउ गरेको थियो ।
उनीहरूलाई सवारी साधन अड्डा (पार्किङ लट)मा गोली हानी हरदीप सिंह निज्जर को हत्या गरेको आरोपमा प्रथम श्रेणीको हत्या र हत्याको षड्यन्त्रको आरोप लगाएको थियो।
निज्जरको हत्यामा भारतीय संलग्नताको “विश्वसनीय आरोप” रहेको लगाए पछि भारत र क्यानडा बीच तनाव भएको थियो । भारतले निज्जरलाई आतंकवादसँग जोडिएको आरोप लगाएको एनबिसीन्यूजले उल्लेख गरेको छ ।
प्रतिक्रिया