कुवेती अस्पताल रफाहमा पछिल्लो २४ घण्टामा ९ जनाको शव प्राप्त

इनेप्लिज २०८१ वैशाख २८ गते ११:२६ मा प्रकाशित

कुवेती अस्पताल रफाहमा पछिल्लो २४ घण्टामा ९ जनाको शव प्राप्त भएको सिएनएनले जनाएको छ ।

रातभरि इजरायली हमलाको बीचमा रफाहको कुवेती अस्पतालले शुक्रबार विगत २४ घण्टामा ९ जनाको शव प्राप्त गरेको छ।

अस्पतालले आफ्नो आधिकारिक व्हाट्सएप खातामा जारी गरेको विज्ञप्तिमा मृतकमध्ये एक ९ वर्षीय र १५ वर्षका किशोर रहेको बताएको छ ।

इजरायलले सोमबार पूर्वी रफाहलाई तत्काल खाली गर्न आदेश दिएपछि कुवेती अस्पताल गाजाको अन्तिम सञ्चालन अस्पताल हो।

पछिल्लो २४ घण्टामा हालसम्म १७ जना घाइतेलाई पनि अस्पताल ल्याइएको सिएनएनले समाचारमा उल्लेख गरेको छ । रफाह क्षेत्रका धेरै स्थलहरूबाट इजरायलमा पछिल्ला केही दिनहरूमा प्रक्षेपास्त्र प्रहार गरिएको थियो ।

प्रतिक्रिया