अमेरिकाले हतियार अस्थायी रुपमा रोके पछि नेतान्याहुले इजरायललाई आवश्यक परेको खण्डमा ‘एक्लै खडा हुने’ बताए

इनेप्लिज २०८१ वैशाख २८ गते ११:१५ मा प्रकाशित

अमेरिकाले हतियार अस्थायी रुपमा रोके पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायललाई आवश्यक परेको खण्डमा ‘एक्लै खडा हुने’ बताएका छन् । रफाहमा आक्रमणलाई लिएर अमेरिका र इजरायलबीचको तनावको बीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै खडा हुने बताएका हुन् ।

“आज हामी धेरै बलियो छौं। हामी दृढ छौं, र ,हामी हाम्रो शत्रुलाई पराजित गर्न एकजुट छौं। यदि हामी एक्लै उभिनु पर्छ भने, हामी एक्लै खडा हुनेछौं,” नेतान्याहुले बिहीबार एक विज्ञप्तिमा भने।

इजरायलले रफाहमा पूर्ण मात्रामा आक्रमण गरेमा राष्ट्रपति जो बाइडेनले इजरायललाई हतियार काट्ने धम्की दिएपछि इजरायल रक्षा सेनाले उनीहरूसँग रफाहमा सञ्चालनका लागि आवश्यक पर्ने हतियारहरू रहेको बताएका छन्।

यसै बीच नेतान्याहुले इजरायलले “हमासको २४ आतंकवादी गण मध्ये २० गण नष्ट गरेको र अन्तिम ४ रफाहमा रहेको बताए।

प्रतिक्रिया