सन्दर्भ मातातीर्थ औंसीM दिवङ्गत आमाप्रति समर्पित गीत “हे गङ्गा…”

इनेप्लिज २०८१ वैशाख २५ गते २२:५६ मा प्रकाशित

काठमाडौं, २०८१ वैशाख २५ ।

यस वर्षको वैशाख २६ मा मातातीर्थ औंसी परेको छ । नेपाली समुदायमा यस औंसीलाई आमाको मुख हेर्ने दिनका रूपमा चिनिन्छ । नेपाली समुदायमा पितृ देवो भवः मातृ देवो भवः आचार्य देवो भवः अतिथि देवो भवः भन्ने मान्यता निकै प्रचलित छ । यसैकारण नेपाली समुदायमा वर्षको एक दिन पिताका लागि कुशे औंसी, माताका लागि मातातीर्थ औंसी र गुरुका लागि गुरु पूर्णिया विशेष रूपमा मनाइन्छ ।

आमा जीवित रहेका मानिसहरु यस दिन आमासँग प्रत्यक्ष भेटघाट गरी आमाप्रति स्नेह प्रकट गर्छन् । आमा दिवङ्गत भएका मानिसहरु यस दिन आमाको स्मरण गरी दान दक्षिणा गर्छन् । आमाको तस्बिर हेर्दै श्रद्धा प्रकट गर्छन् ।

यस्तै प्रसङ्गमा गीतकार श्रमिक बराल (डा. खगराज बराल) को शब्दमा सङ्गीतकार तथा गायक राजन बरालले “हे गङ्गा…” शीर्षकको गीत गत वर्ष नै
सार्वजनिक गरेका हुन् । यस गीतमा आमा दिवङ्गत भएपछि सन्तानलाई भएका पीडालाई मर्मस्पर्शी किसिमले व्यक्त गरिएको छ । हरेक मातातीर्थ औंसीका सन्दर्भमा यो गीत निकै प्रासङ्गिक देखिन्छ ।

यस गीतलाई तलको लिङ्कमा हेर्न सकिन्छः

प्रतिक्रिया