चीनको एक अस्पतालमा चक्कु प्रहारबाट २ जनाको मृत्यु, २१ जना घाइते

इनेप्लिज २०८१ वैशाख २५ गते ११:३० मा प्रकाशित

दक्षिणपश्चिम चीनको एक अस्पतालमा मङ्गलबार चक्कु प्रहार हुँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

एनबिसीन्यूजका अनुसार युनान प्रान्तको झेन्सियोङ काउन्टी जन अस्पतालमा भएको आक्रमणको कुनै कारण दिइएको छैन। संदिग्ध व्यक्ति सोही काउन्टीको एउटा गाउँका पुरुष भएको झेन्सियोङ प्रहरीको विज्ञप्तिमा भनिएको छ। घाइतेहरुको उपचार भईरहेको जनाइएको छ ।

एक प्रत्यक्षदर्शी एक व्यक्ति आक्रमणबाट बच्न सफल भएका थिए र घाइतेमध्ये एक चिकित्सकहरु रहेका छन् । यसअघि सञ्चारमाध्यमले २३ जना घाइते भएको बताएको थियो तर प्रहरीको बयानले कुल २१ जना रहेको बताएको थियो।

झेन्सियोङ काउन्टी युनान प्रान्तीय राजधानी कुनमिङ देखि २२० माइल उत्तर पूर्व तथा सिचुआन प्रान्तसंग सीमा नजिक रहेको छ ।

चीनमा यसअघि पनि प्रायः शिशु बिधालयमा चक्कु आक्रमण भएका छन्। गत जुलाईमा देशको दक्षिणपूर्वी ग्वाङ्डोङ प्रान्तको एउटा शिशु बिद्यालयमा एक व्यक्तिले चक्कु प्रहार गरी ६ जनाको हत्या गरेका थिए भने एक जना घाइते भएका थिए।

प्रतिक्रिया