इजरायलको सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई “तुरुन्तै खाली हुन” आग्रह ,१,००,००० मानिसहरूलाई खाली गर्न आह्वान

इनेप्लिज २०८१ वैशाख २४ गते १०:४८ मा प्रकाशित

करिब १,००,००० मानिसहरूलाई पूर्वी रफाहका केही भागहरू तुरुन्तै खाली गर्न भनिएको इजरायली सेनाले जनाएको छ ।

पूर्वी रफाहका केही भागका करिब १,००,००० मानिसहरूलाई इजरायल रक्षा बलहरूले खाली गर्न भनिएको सेनाका अन्तर्राष्ट्रिय प्रवक्ता महासेनानी नादव शोशानीले एक पत्रकार सम्मेलनमा भने।

शोशानीका अनुसार निकासी अस्थायी रूपमा खाली गर्नको लागि सीमित दायराको कारवाही भएको बताए ।

सहायता सँस्थाहरुले यस क्षेत्रले मानवीय संकटको सामना गरिरहेको चेतावनी दिएका छन् । विश्व खाद्य कार्यक्रमका निर्देशकले गाजाले “पूर्ण अनिकालको सामना गरिरहेको” बर्णन गरेका छन् ।

इजरायली आक्रमणमा रातभरि गाजाभरि कम्तिमा ३४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । सोमबार इजरायलको सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई “तुरुन्तै खाली हुन” आग्रह गरेको छ ।

प्रतिक्रिया