युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसको खोज सूची(वान्टेड लिष्ट)मा

युक्रेनको भू-सेनाका प्रमुख सेनापति ओलेक्जेन्डर पाभल्युक पनि सूचीमा

इनेप्लिज २०८१ वैशाख २२ गते १८:०५ मा प्रकाशित

रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो खोज सूचीमा (वान्टेड लिष्ट ) राखेको रुसी सरकारी संचार माध्यमले शनिबार आन्तरिक मन्त्रालयको तथ्याँक संचयलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

शनिबार दिउँसोसम्म दुबै जेलेन्स्की तथा उनका पूर्ववर्ती पेट्रो पोरोशेङ्कोलाई आपराधिक आरोपमा खोज व्यक्तिहरूको मन्त्रालयको सूचीमा राखिएको छ । युक्रेनको भू-सेनाका प्रमुख सेनापति ओलेक्जेन्डर पाभल्युक पनि सूचीमा रहेका छन् ।

क्रेमलिनले बारम्बार युक्रेनका नेताहरूलाई नाजीवादसँग जोड्न खोजेको छ।

रूसी अधिकारीहरूले तुरुन्तै ती पुरुषहरू विरुद्धको आरोपहरू स्पष्ट नपारेको एबिसीन्यूजले जनाएको छ । मिडियाजोना नामक एक स्वतन्त्र रूसी समाचार पत्रिकाले शनिबार जेलेन्स्की र पोरोशेङ्को दुबैलाई कम्तिमा गत फेब्रुअरीको अन्त्यदेखि सूचीबद्ध गरिएको दाबी गरेको छ ।

युक्रेनको विदेश मन्त्रालयले त्यस्तो समाचारलाई खारेज गरेको छ ।

जेलेन्स्की र पोरोशेङ्को दुबैलाई कम्तिमा गत फेब्रुअरीको अन्त्यदेखि सूचीबद्ध गरिएको दाबी गरेको छ ।

रुसको खोजी सूचीमा युक्रेन र नेटो देशका दर्जनौं अधिकारी र सांसदहरू पनि छन्। ती मध्ये नेटो र युरोपेली संघ सदस्य इस्टोनियाका प्रधानमन्त्री काजा कालास पनि छन्, जसले कीभलाई सैन्य सहायता बढाउन र मस्को विरुद्ध कडा प्रतिबन्धहरूका लागि कडा वकालत गरेका छन्।

रूसको सूचीमा एस्टोनिया र लिथुआनियाका मन्त्रिमन्डल मन्त्रीहरू, साथै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) अभियोजक पनि छन् जसले गत वर्ष युद्ध अपराधको आरोपमा राष्ट्रपति भ्लादिमिर पुटिनको लागि प्रकाउ पूर्जी समेत तयार गरेका थिए।

मस्कोले युक्रेनको सैन्य जासुस प्रमुख, किरिलो बुडानोभलाई पनि “आतंकवादी” गतिविधिहरू ठानेको आरोप लगाएको छ। क्रेमलिनले बारम्बार युक्रेनका नेताहरूलाई नाजीवादसँग जोड्न खोजेको छ।

प्रतिक्रिया