अमेरिका र दक्षिण कोरियाले गरेको युद्धबिमान अभ्यासको भोलिपल्ट उत्तर कोरियाद्वारा प्राक्षेपिक क्षेप्यास्त्र परीक्षण

इनेप्लिज २०८१ जेठ ४ गते ११:०५ मा प्रकाशित

अमेरिका र दक्षिण कोरियाले गरेको युद्धबिमान अभ्यासको भोलिपल्ट उत्तर कोरियाद्वारा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )परीक्षण गरेको छ

उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी तटमा संदिग्ध छोटो दूरीको प्राक्षेपिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको छ ।

दक्षिण कोरिया र अमेरिकाले संयुक्त अभ्यासमा शक्तिशाली लडाकु विमानहरू उडाएको एक दिन पछि उत्तर कोरियाले उक्त परीक्षण गरेको हो ।

दक्षिण कोरियाका संयुक्त सेना प्रमुखका अनुसार उत्तरको पूर्वी तट वोनसान क्षेत्रबाट प्रक्षेपण गरिएको हतियार कोरियाली प्रायद्वीप र जापान बीचको पानीमा अवतरण गर्नु अघि करिब ३०० किलोमिटर (१८५ माइल) यात्रा गरेको थियो।

जापानका मुख्य मन्त्रिमन्डल सचिव योशिमासा हयाशीले उत्तर कोरियाको क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको बताए ।

दक्षिण कोरियाको संयुक्त प्रमुख सेना अधिकारीले प्रक्षेपणलाई कोरियाली प्रायद्वीपमा शान्तिलाई खतरामा पार्ने “स्पष्ट उत्तेजना” भएको बताए ।

उत्तर कोरियाले हालैका महिनाहरूमा आफ्नो हतियार परीक्षणको दायरा विस्तार गरेको छ । गत हप्ता उत्तर कोरियाली नेता किम जोङ अनले नयाँ बहु प्रक्षेपास्त्र प्रक्षेपण प्रणालीको परीक्षणको पर्यवेक्षण गरेका थिए ।

उत्तर कोरियाले अमेरिकी नेतृत्वको शत्रुतासँग लड्न आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रम बढाउन बाध्य भएको बताएको छ।

बिहीबार दुई दक्षिण कोरियाली एफ-३५ए र दुई अमेरिकी एफ-२२ लडाकु बिमानहरू दक्षिण कोरियाको मध्य क्षेत्रमा संयुक्त हवाई अभ्यासको लागि परिचालन गरिएको थियो। अत्याधुनिक अमेरिकी विमान तैनाथ गर्न उत्तर कोरिया अत्यन्तै संवेदनशील रहेको एबिसीन्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया