सिङ्गापुर विमानसेवाले आफ्ना कर्मचारीलाई ८ महिनाको तलब लाभांश वितरण गर्ने

इनेप्लिज २०८१ जेठ ४ गते १२:२३ मा प्रकाशित

सिङ्गापुर विमानसेवा(एयरलाइन्स)ले आफ्ना कर्मचारीलाई ८ महिनाको तलबको लाभांश(बोनस) वितरण गर्ने सिएनएनले जनाएको छ ।

सिङ्गापुर विमानसेवाले आफ्ना कर्मचारीहरूलाई लगभग आठ महिनाको तलबको लाभांश (बोनस)को साथ पुरस्कृत गर्ने यस विषयमा एक परिचित व्यक्तिले शुक्रबार सीएनएनलाई बताए । सार्वजनिक गर्ने उद्देश्यले नभएकोले नाम नखुलाउन उनले सिएनएनलाई अनुरोध गरे ।

सिंगापुर बिमानसेवा(एयरलाइन्स)ले टिप्पणीको लागि अनुरोधलाई जवाफ नदिएको सिएनएनले उल्लेख गरेको छ । बुधबार बिमानसेवाले २०२३ देखि २०२४ आर्थिक वर्षमा १.९८ बिलियन(अर्ब डलर) को वार्षिक नाफा गरेको विवरण दिएको छ ।

चीन,हङकङ, जापान र ताइवानले महामारीपछि आफ्नो सिमाना पूर्ण रूपमा खोलेकाले उत्तर एसियामा वर्षभरि हवाई यात्राको माग बढेको विमानसेवाले आफ्नो आय विवरणमा जनाएको छ ।

प्रतिष्ठित स्काईट्रयाक्स वर्ल्ड एयरलाइन अवार्डका अनुसार सिंगापुरको ध्वजावाहक (एयरलाइन्स/विमानसेवा) गत वर्ष विश्वको उत्कृष्ट बिमानसेवा (एयरलाइन )घोषित भएको थियो। पुरस्कारको २३ वर्षको इतिहासमा पाँचौं पटक सिंगापुर बिमानसेवा( एयरलाइन्स)शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया