सुष्मा गुरुंगले बेलायतमा उत्कृष्ट मानसिक स्वास्थ्य सेवा प्रदान गरे बापत पुरस्कृत

इनेप्लिज २०८१ जेठ ४ गते ११:२४ मा प्रकाशित

नेपाली समुडायकी सुष्मा गुरुंगले बेलायतमा उत्कृष्ट मानसिक स्वास्थ्य सेवा प्रदान गरे बापत पुरस्कृत भएकी छिन ।

मानसिक स्वास्थ्य सेवामा समर्पित सामुदायिक नर्स सुष्माले सरे बोर्डर्स पार्टनरशिप स्टाफ अवार्डमा दोस्रो स्थान हासिल गरेकी छिन ।

उनको उत्कृष्ट सेवाबाट प्रभावित भएर सरे र बोर्डर्स पार्टनरशिप स्टाफ अवार्ड समारोहमा मनोनयन परेको थियो । उनले हार्बर होटल, गिल्डफोर्ड, सरेमा ४०० प्रत्यक्ष दर्शकहरूको बीचमा दोस्रो स्थान हासिल गरेकी हुन । पुरस्कृत बनेपछि उनले कडा मेहनत, परिश्रम र पेसा प्रतीको लगनको उच्च मूल्यांकन हुने अनुभव प्राप्त भएको जानकारी दिइन ।

एनएचएसका कर्मचारीहरूको ठूलो उपस्थितिमा भएको समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो । सुष्माले मानसिक स्वास्थ्य सामुदायिक नर्स मध्ये मेहनती र उत्कृष्ट सेवा प्रदायक छवि बनाएको समाजसेवी रोहित गुरुंग बताउछन ।

अल्डरशट हेल्थ केयरका कर्मचारी, फ्रिम्ली पार्क अस्पतालका कर्मचारीहरु अवार्ड समारोहमा ठुलो संख्यामा उपस्थित थिए ।

पेसाले मनोचिकित्सक (साइक्याट्रिक) नर्स सुष्मा गुरुङ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । ग्रेटर रस्मूर नेपाली कम्युनिटीको उपाध्यक्ष, तमु धीं युके महिला समूहको कार्यकारी सदस्य, शिव कल्चर एन्ड कम्युनिटी सेन्टरको महासचिव तथा श्री सत्य साई अर्गनाइजेसन युके क्षेत्रीय अध्यक्ष समेत हुन् ।

अध्यात्ममा उनको विशेष रुची छ ।

शिक्षामा अब्बल हुँदै आएकी सुस्मा सन् १९९८ सालमा बेलायत आएकी हुन् । उनीले १९९३ सालमा काठमाडौँको मिनभवन क्याम्पसबाट बी कम, २००३ मा युनिभर्सिटी अफ सर्रेबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक र २०१७ मा युनिभर्सिटी अफ वेस्ट लन्डनबाट मेन्टल हेल्थमा पहिलो श्रेणीमा ग्र्याजुएट गरेकी छिन ।

प्रतिक्रिया