चीन राजमार्ग भत्किँदा गाडीहरु खस्दा कम्तिमा २४ को मृत्यु, दर्जनौं घाइते

इनेप्लिज २०८१ वैशाख १९ गते १८:३७ मा प्रकाशित
Screenshot

चीन राजमार्ग भत्किँदा गाडीहरु खस्दा कम्तिमा २४ को मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन ।

दक्षिणी चीनमा बुधबार बिहान एउटा राजमार्गको एक भाग भत्किँदा निजी सवारी साधन( कार)हरु खस्दा कम्तिमा २४ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन ।

ग्वाङ्डोङ प्रान्तको मेइझोउ शहरका अधिकारीहरूले जारी गरेक  विज्ञप्ति अनुसार राजमार्गको ५९ फिट खण्ड भत्किँदा १८ वटा कारहरू ढलानमा खसेका छन्। घटना दिउँसो २ बजे तिर भएको हो ।

चीनको आधिकारिक सिन्ह्वा समाचार सॅस्थाका अनुसार बुधबार दिउँसोसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ।

ग्वाङ्डोङ प्रान्तका केही भागहरूमा विगत दुई हप्तामा कीर्तिमानी वर्षा र बाढीका साथै असिना पनि परेको छ। 

प्रत्यक्षदर्शीहरूले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिदै उनीहरूले ठूलो आवाज सुनेको  र सडकको खण्ड पार गरेर यो भत्किनु अघि पछाडि धेरै मिटर चौडा  खाडस परेको देखेको बताए ।

उद्धारकर्मीहरूले ३० जनालाई अस्पताल लगेको सिविएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया