युक्रेनको ओडेसामा रुसी क्षेप्यास्त्रद्वारा शैक्षिक संस्थामा प्रहार गर्दा पाँच जनाको मृत्यु ,३२ जना घाइते

इनेप्लिज २०८१ वैशाख १८ गते ११:२९ मा प्रकाशित

युक्रेनको ओडेसामा रुसी क्षेप्यास्त्रद्वारा शैक्षिक संस्थामा प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ ।

युक्रेनी कालो सागर बन्दरगाह ओडेसाको एक लोकप्रिय समुद्री तट उद्यानमा रहेको शैक्षिक संस्थामा सोमबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

क्षेत्रीय गभर्नर ओलेह किपरले टेलिग्राममा आक्रमणमा मारिएका व्यक्तिहरू बाहेक एक व्यक्तिको हृदयघात पछि मृत्यु भएको जनाएका छन् ।

किपरले घाइतेमध्ये चार वर्षीय बालकसहित आठ जनाको अवस्था गम्भीर रहेको बताए । घाइते हुनेमा अर्का एक बालक र एक गर्भवती महिला रहेका छन् ।

निजी कानून प्रतिष्ठान (शैक्षिक संस्था) अत्यन्तै सुन्दर भवनको छत आक्रमण पछि ध्वस्त भएको छ।

प्रतिक्रिया